१०० अंकको करेक्सनसहित ३५ अंकले बढ्यो नेप्से, कारोबार १७ अर्ब बढी | Khabarhub Khabarhub

१०० अंकको करेक्सनसहित ३५ अंकले बढ्यो नेप्से, कारोबार १७ अर्ब बढी


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०० अंकको करेक्सनसहित ३५ अंकले बढेको छ । सोमबारको तुलनामा कारोबार २ अर्ब रुपैयाँले घटे पनि बजार भने बढेको हो । 

नेप्सेका १३ वटामध्ये ४ बाहेक सबै समूहमा हरियाली छायो । तर वाणिज्य बैंकि समूह, म्युचअल फण्ड, निर्जीवन बीमा र ट्रेडिङ समूह भने राताम्य भयो ।

प्रि-ओपन सेसनमा ८ अंकले बढेर सुरु भएको नेप्से बजार खुलेको केही मिनेटमै घटेको थियो । १२ बजेर १४ मिनेटसम्म नेप्से बढ्ने र घट्ने क्रम जारी रहँदा त्यसपछि भने निरन्तर १२ः४० सम्म घट्यो । 

१२ः४० बाट नेप्से पुनः बुल ट्रेन्ड समातेर उकालो लाग्यो । नेप्से उकालो लाग्दा २ः२३ मिनेटमा भने २७ सयको बिन्दु समेत पार गर्‍यो । एकै दिन नेप्सेमा १०० अंकको करेन्सन भएर बजार पुनः बढ्यो ।

मंगलबार उच्चतम् २७०९ बिन्दुमा पुगेको नेप्से बजार बन्द हुने बेला पुनः करेक्सन भएर २६९६.६५ बिन्दुमा कायम भयो । बजार बन्द हुँदा नेप्से ३५.५५ अंकले वृद्धि भयो ।

नेप्से १.३३ प्रतिशतले बढ्दा आज १८९ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । मंगलबार एकै दिन १७ अर्ब २६ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता शेयर २ लाख ६ हजार ६४३ पटक किनबेच भयो ।

आज ३२९ कम्पनीको शेयर किनबेच हुँदा ४७ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो । ११ वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो ।

थप ५ कम्पनीको शेयर मूल्य ८ प्रतिशतले वृद्धि भयो । आज एउटामात्रै कम्पनी (एसियन हाइड्रोपावर लिमिटेड)को शेयरमा नकारात्मक सर्किट लाग्यो ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ३ : ४५ बजे

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ