१०० अंकको करेक्सनसहित ३५ अंकले बढ्यो नेप्से, कारोबार १७ अर्ब बढी « Khabarhub

१०० अंकको करेक्सनसहित ३५ अंकले बढ्यो नेप्से, कारोबार १७ अर्ब बढी


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०० अंकको करेक्सनसहित ३५ अंकले बढेको छ । सोमबारको तुलनामा कारोबार २ अर्ब रुपैयाँले घटे पनि बजार भने बढेको हो । 

नेप्सेका १३ वटामध्ये ४ बाहेक सबै समूहमा हरियाली छायो । तर वाणिज्य बैंकि समूह, म्युचअल फण्ड, निर्जीवन बीमा र ट्रेडिङ समूह भने राताम्य भयो ।

प्रि-ओपन सेसनमा ८ अंकले बढेर सुरु भएको नेप्से बजार खुलेको केही मिनेटमै घटेको थियो । १२ बजेर १४ मिनेटसम्म नेप्से बढ्ने र घट्ने क्रम जारी रहँदा त्यसपछि भने निरन्तर १२ः४० सम्म घट्यो । 

१२ः४० बाट नेप्से पुनः बुल ट्रेन्ड समातेर उकालो लाग्यो । नेप्से उकालो लाग्दा २ः२३ मिनेटमा भने २७ सयको बिन्दु समेत पार गर्‍यो । एकै दिन नेप्सेमा १०० अंकको करेन्सन भएर बजार पुनः बढ्यो ।

मंगलबार उच्चतम् २७०९ बिन्दुमा पुगेको नेप्से बजार बन्द हुने बेला पुनः करेक्सन भएर २६९६.६५ बिन्दुमा कायम भयो । बजार बन्द हुँदा नेप्से ३५.५५ अंकले वृद्धि भयो ।

नेप्से १.३३ प्रतिशतले बढ्दा आज १८९ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । मंगलबार एकै दिन १७ अर्ब २६ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता शेयर २ लाख ६ हजार ६४३ पटक किनबेच भयो ।

आज ३२९ कम्पनीको शेयर किनबेच हुँदा ४७ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो । ११ वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो ।

थप ५ कम्पनीको शेयर मूल्य ८ प्रतिशतले वृद्धि भयो । आज एउटामात्रै कम्पनी (एसियन हाइड्रोपावर लिमिटेड)को शेयरमा नकारात्मक सर्किट लाग्यो ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ३ : ४५ बजे

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा

सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए

काठमाडौं– ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’

काठमाडौं- करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै