मन्त्री यादवको निर्देशन- सबैको घरमा खानेपानी पुर्‍याउनू « Khabarhub

मन्त्री यादवको निर्देशन- सबैको घरमा खानेपानी पुर्‍याउनू


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले आमनागरिकको घरघरमा शुद्ध खानेपानीको सहज पहुँच पुर्‍याउने गरी काम गर्न निर्देशन दिएका छन्  ।

खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री यादवले हरेक नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा ल्याउनुपर्ने बताए। 

उनले भने, ‘जनताको शुद्ध खानेपानी खाने सपना सबै मिलेर पूरा गर्नुपर्छ । यस क्षेत्रमा आवश्यक पर्ने बजेटका लागि मैले पहल हरसम्भव प्रयास गर्नेछु ।’

मन्त्री यादवले जलवायु परिवर्तनलगायत कारण तराईलगायतका क्षेत्रमा खानेपानीका स्रोत सुक्दै जानु चिन्ताको विषय भएको भन्दै यस समस्याको दीर्घकालीन समाधानका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘जलवायु परिवर्तनका कारण तराईका क्षेत्रमा चापाकल सुकेर पानी आउन बन्द भएको छ, आकाशे पानी परेका बेला पानी आउने गरे पनि फेरि चापाकल सुक्ने समस्या छ । पहाड, तराई र हिमालमा खानेपानीको समस्या छ’, उनले भने, ‘यस्ता समस्या समाधान गरी सबै क्षेत्रका जनतालाई शुद्ध पानी खुवाउनु हाम्रो काम हो ।  त्यसैले सबै मिलेर काम गरौँ, पक्कै सफलता मिल्ने छ ।’

यसैगरी मन्त्री यादवले गरीब, निमुखा तथा दिनभरि मजदुरीगरी पेट पाल्दै आएका नागरिकलाई कसरी शुद्ध खानेपानी वितरण गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन आग्रह गरे। 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ११ बजे

प्रेसविरोधी कार्य सैह्य छैन: पत्रकार महासंघ

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर पत्रकार धम्क्याउने व्यक्तिलाई कानुनी कारबाही

बाढीपहिरोको जोखिम बढेपछि कान्ति राजमार्गमा दुईदिन रात्रिकालीन सवारी आवागमन बन्द

हेटौँडा– अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न आग्रह

बाँके– नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट– फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा