एनआरएन विवाद मिलाउन सर्वोच्चले दियो ८ बुँदे निर्देशनात्मक आदेश (पूर्ण पाठसहित) « Khabarhub

एनआरएन विवाद मिलाउन सर्वोच्चले दियो ८ बुँदे निर्देशनात्मक आदेश (पूर्ण पाठसहित)


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद समाधानका लागि ८ बुँदे निर्देशनात्मक आदेश दिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले गत चैत २१ गते जारी गरेको आदेशको पूर्ण पाठ मंगलबार सार्वजनिक भएको हो ।

सर्वोच्च अदालतले एनआरएनएका नाममा हाल अस्तित्वमा रहेका संगठनका कार्यसमितिहरू अवैध घोषणा गरि सहमतिबाट नयाँ कार्यसमिति चयन गर्नुपर्ने लगायतका आठ बुँदे निर्देशनात्मक आदेश दिएको हो ।

२०७८ मा एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ब्युँताउँदै सोही समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको थियो ।

२०७८ चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा भएको एनआरएनएको दसौँ महाधिवेशनबाट कुल आचार्य, रविना थापा र बद्री केसी एक/एक वर्ष अध्यक्ष रहने घोषणा भएको थियो । तर अर्को समूहले विनोद कुँवर अध्यक्ष, उमेशकुमार पुडासैनी उपाध्यक्ष र जानकी गुरुङ महासचिव भएको समिति गठन गरेको थियो ।

सर्वोच्चले त्यतिबेलाको निर्वाचन र विधान संशोधन सम्बन्धी कामकारबाही एनआरएनए सम्बन्धी ऐन, नियम एवं गैरआवासीय नेपाली समुदायको आदर्श र मूल्य मान्यता विपरीत भएको ठहर गरेको छ ।

यस्ताे छ पूर्णपाठ

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ८ : ५६ बजे

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर