अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पलाई दुई नव आगन्तुकको साथ | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पलाई दुई नव आगन्तुकको साथ

आरोप चिर्दै कमला ह्यारिस


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनको प्रचारमा दुवै उम्मेदवार व्यस्त छन्। यही समयमा एउटा नयाँ ट्विस्ट देखिएको छ। लामो समय डेमोक्र्याट पृष्ठभूमि त्यागेर सञ्चार माध्यममा सक्रिय तुलसी गाबार्डले ट्रम्पलाई साथ दिने भएपछि रिपब्लिकमा नयाँ उत्साह थपिएको छ। त्यत्ति मात्र होइन, पुराना डेमोक्र्याट राजनीतिज्ञ तथा इन्डिपेन्डेन्ट उम्मेदवार जुनियर रोबर्ट केनेडी समेत आफ्नो उम्मेदवारी त्याग्दै ट्रम्पको प्रचारमा लागेका छन्। यो घटनाले धेरैलाई आश्चर्यमा पारेको छ। पोलिङले दिन प्रतिदिन कमला ह्यारिसको पक्षमा माहौल बन्दै गएको समयमा धेरै भोट स्विङ हुने स्थानमै भएको कार्यक्रममा यी दुईको उपस्थितिको प्रभाव कस्तो हुने प्रतीक्षाको विषय भएको छ।

वरिष्ठ नेतृ तुलसी गाबार्डले रिपब्लिक पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानमा सरिक हुने निर्णय गरेपछि ४३ वर्षीय उनलाई ट्रम्पले मिचिगनको अत्यधिक मत स्विङ हुने डेट्रोयटमा भएको कार्यक्रममा स्वागत गरेका हुन्।

गाबार्ड सन् २०२० मा राष्ट्रपति पदका लागि आकाङ्क्षी थिइन्। जो बाइडेनले त्यस समयमा उनलाई पछि पार्दै उम्मेदवारीको अवसर पाएका हुन्। त्यसपछि नै उनी पार्टी राजनीतिबाट टाढा भएकी थिइन्। सन् २०२२ मा डेमोक्र्याट पार्टी त्यागेकी उनी फक्स न्युजमा अतिथि विश्लेषकको रूपमा सक्रिय थिइन्।

दुई जना नयाँ आगन्तुकलाई ट्रम्पले महत्त्वपूर्ण जिम्मेवारीको घोषणा समेत गरे। ट्रम्प अभियानले गाबार्ड र केनेडी सरकारको रूपान्तरण टोलीमा रहने तथा उनीहरूको साथमा ट्रम्पका छोरा समेत रहने जनाएको छ।

दुई जना नयाँ आगन्तुकलाई ट्रम्पले महत्त्वपूर्ण जिम्मेवारीको घोषणा समेत गरे। ट्रम्प अभियानले गाबार्ड र केनेडी सरकारको रूपान्तरण टोलीमा रहने तथा उनीहरूको साथमा ट्रम्पका छोरा समेत रहने जनाएको छ। त्यसैगरी ट्रम्पको साथमा जेडी भान्स त हुने नै भए। भान्स अहिले उपराष्ट्रपतिका उम्मेदवार छन्। सो टिमको काम राष्ट्रपतिले पदभार ग्रहण गरेपछि सुरु हुनेछ। उनीहरूको काम नियुक्तिमा सल्लाह दिने तथा प्रशासनिक काममा सल्लाह दिने हो।

ट्रम्पका वरिष्ठ सल्लाहकार ब्रेन हग्सले डेमोक्र्याट पृष्ठभूमिका दुई जना ट्रम्प अभियानमा सरिक हुनुले वाइडेन प्रशासन पक्षपात पूर्ण रहेका तथा जनमत रिपब्लिकको पक्षमा रहेको पुष्टि गरेको जिकिर गरेका छन्। ‘महान् अमेरिका’को मुद्दालाई पेचिलो बनाउन यी दुई सहितको टिम सहयोगी हुने विश्वास समेत उनीहरूको छ।

गाबार्डले सन् २०१३ देखि २१ सम्म हवाईबाट संसदमा प्रतिनिधित्व गरिरहेकी छिन्। तीन वर्षअघि अफगानिस्तानमा ट्रम्पका कर्मचारी मारिदा सहानुभूतिका लागि पुगेकी उनले अहिले आफूलाई तीनै ट्रम्पको पक्षमा रहेको प्रस्ट पारेकी छिन्। त्यस समयमा हमिद काजाई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती हमलामा १३ अमेरिकी तथा सय जना भन्दा बढी अफगान मारिएका थिए। अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको तथा तालीवानले सत्ता लिइरहेको समयमा सो घटना भएको थियो।

काँग्रेसमा रहँदा उनले बारम्बार सैन्य हस्तक्षेपको विरुद्धमा आवाज उठाएकी थिइन्। मिचिगनमा सोमबार भएको कार्यक्रममा बोल्दै उनले अमेरिकालाई जोगाउनका लागि डेमोक्र्याट, रिपब्लिक र इन्डिपेन्डेन्स सबैले ट्रम्पलाई मतदान गर्न आह्वान गरिन्। एक दशक डेमोक्र्याट पार्टीमै उनले प्रगतिशील वामपन्थको वकालत गरेकी थिइन्।

गाबार्डले सन् २०१३ देखि २१ सम्म हवाईबाट संसदमा प्रतिनिधित्व गरिरहेकी छिन्। तीन वर्षअघि अफगानिस्तानमा ट्रम्पका कर्मचारी मारिदा सहानुभूतिका लागि पुगेकी उनले अहिले आफूलाई तीनै ट्रम्पको पक्षमा रहेको प्रस्ट पारेकी छिन्।

उनी अमेरिकी काँग्रेसको पहिलो हिन्दु सदस्य समेत हुन्। उनी डेमोक्र्याट राष्ट्रिय समितिको उपप्रमुख समेत थिइन्।

सन् २०१६ मा उनले सिनेटर बेराइन सान्डर्सको पक्षमा लबिङ गरेकी थिइन्। सो निर्वाचनमा हिलारी क्लिन्टनले सान्डर्सलाई पछि पार्दै डेमोक्र्याटको तर्फबाट उम्मेदवारीको अवसर पाएकी थिइन्। धेरै अघिदेखि गाबार्डले समलिंगी अधिकार गर्भपतनको विषयमा लगातार बहस गरिरहेकी थिइन्। तिनै गाबार्ड औपचारिक रूपमा अहिले चुनावी अभियानमा सरिक भए पनि २०२४ को सुरुवातदेखि नै ट्रम्पको पक्षमा बोली रहेकी थिइन्।

ट्रम्पलाई साथ दिने घोषणा गरेका केनेडी भने इन्डिपेन्डेट राष्ट्रपतिको उम्मेदवार त्याग गर्दै गत शुक्रबार ट्रम्प अभियानमा समाहित भएका हुन्। यी नयाँ आगन्तुक गत वर्ष ट्रम्पका सहयोगीबाट आलोचनाको सिकार समेत भएका थिए। चार महिनाअघि मात्र ट्रम्पले केनेडीलाई उग्र वामपन्थी पागलको संज्ञा दिएका थिए।

उनले डेमोक्र्याटको तर्फबाट दाबी गरिरहेका जो कोही उनीभन्दा लचक भएको प्रतिक्रिया दिएका थिए। ट्रम्प अभियानका यी नयाँ आगन्तुक हरित वातावरणको अभियन्ताको रूपमा समेत परिचित छन्।

डेमोक्र्याटले पनि यी दुईको बारेमा प्रतिक्रिया दिइसकेका छन्। मेहनती अमेरिकीलाई छाडेर ट्रम्पले चुनाव जित्नका लागि दुई उग्रवादीलाई चयन गरेको डेमोक्र्याट पार्टीको रेपिड रेस्पोन्स निर्देशक एलेक्स फ्लोयडले बताएका छन्।

डेमोक्र्याटले पनि यी दुईको बारेमा प्रतिक्रिया दिइसकेका छन्। मेहनती अमेरिकीलाई छाडेर ट्रम्पले चुनाव जित्नका लागि दुई उग्रवादीलाई चयन गरेको डेमोक्र्याट पार्टीको रेपिड रेस्पोन्स निर्देशक एलेक्स फ्लोयडले बताएका छन्।

रिपब्लिकको हरेक अभियानमा चुनौती दिने काम डेमोक्र्याटले पनि गरिरहेको छ। अहिले डेमोक्र्यट १० मूल विषयमा केन्द्रित रहेको छ। यसमा मध्यम तथा सामान्य आय भएकाको मुद्दा पनि हो। वाइडेनको उपराष्ट्रपति हुनुअघि ह्यारिसले थुप्रै प्रगतिशील नीतिको वकालत गरेकी थिइन। मध्य तथा कम आय भएका परिवारका लागि शिक्षामा विशेष जोड र कर्मचारीका लागि विशेष शुल्कसहित पारिवारिक बिदाका लागि जोडदार आवाज उठाएकी थिइन्। अहिले उनी फेरि यसै मुद्दा लिएर अघि बढीरहेकी छिन्। त्यसै मुद्दा उनलाई अहिले अघि बढाएको हरेक दिनको सर्वेक्षणले देखाएको छ।

ह्यारिसको पक्षमा पूर्व प्रथम महिला हिलारी क्लिन्टन, पूर्व राष्ट्रपति बाराक ओबामा, पूर्व प्रथम महिला महिला मिचेल ओबामा लगायत सक्रियता साथ लागेका छन्। यो मात्र होइन केही चुनावी मुद्दामा ह्यारिसको अभियान बेजोड देखिएको छ। अमेरिकामा बढ्दै गएको मुद्रास्फीति अहिलेको निर्वाचनमा ह्यारिसमाथि धेरै प्रहार भएको थियो। उनले यसैलाई चिर्नका लागि मुद्रास्फीतिमा नै केन्द्रित भएर धेरै आर्थिक योजना सार्वजनिक गरेकी छिन्।

उनीमाथि आप्रवासीको मुद्दामा ट्रम्पले आक्रमण गरेका थिए। ह्यारिसले अहिले यस समस्या समाधानका लागि मध्य अमेरिकी नेतासँगै वार्ता भइरहेको जनाएकी छिन्। उनले सीमामा रहेको देशका प्रशासनकै सहयोगको त्यो सबै रोक्ने नीति लिएकी हुन्।

अहिले द्विपक्षीय सीमा सुरक्षा विधेयक पारित हुँदैछ। अहिले भू-राजनीतिमा अमेरिकाले बढी चासो दिएको आरोप डेमोक्र्याटमाथि लागेको थियो। ह्यारिसले दृढता पूर्वक यस आरोपको सामना गरेकी छिन्। सिनेटरकै रूपमा विभिन्न समयमा अफगानिस्तान, इराक, जोर्डन र इजरायलको भ्रमणको गरेकी उनको विगत यस अभियानमा सहयोगी भएको छ।

उपराष्ट्रपति रूपमा उनले संसारका १५० देशका नेतालाई भेटेकी थिइन् भने २१ देशको भ्रमण गरेकी थिइन्। उनले युक्रेनलाई अमेरिकी सहयोग रहने कुरामा भालोडोमिर जलेन्सकीका सामु लगातार प्रतिबद्धता व्यक्त गरेकी छिन्। उनले बारम्बार आफ्नो मन्तव्यमा २१ औं शताब्दीमा हुने हरेक प्रतिस्पर्धामा अमेरिकाले नै जित्नु पर्नेमा जोड दिएकी छिन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेटवार्ता पनि प्रमुख मानिएको छ। इजरायल र गाजाको युद्धको बारेमा ह्यारिसले आफ्नो मत प्रस्ट पारेकी थिइन्। उनले इजरायललाई आफू सुरक्षित हुने हक भएको तथा प्यालेस्टाइनीको पनि सहज जीवन पाउने पर्ने हक त्यत्तिकै रहेको कुरामा जोड दिएकी छिन्। उनले युद्ध विरामको पक्षमा आफूलाई उभ्याउँदै यसका लागि पहल गर्ने बताएकी छिन्।

कर, सुरक्षा, अपराध नियन्त्रण र जलवायु परिवर्तनमा पनि ह्यारिसले आफूलाई प्रस्तुत गर्दै लगेपछि पछिल्ला सर्वेक्षणले ह्यारिसलाई बलियो देखाउँदै लगेको हो। यस समयमा ट्रम्पको पक्षमा देखिएका दुई कार्ड केनेडी र गाबार्डको उपस्थितिको प्रभाव लगत्तै हुनेमत सर्वेक्षणले देखाउने नै छ। स्रोतः बिबिसी

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ९ : ०८ बजे

कुपन्डोलमा मेलम्ची खानेपानीको पाइप फुट्दा भासियो सडक (तस्बिरहरू)

काठमाडौं– ललितपुरको कुपण्डोलमा प्रमुख सडक नै भासिएको छ ।  

नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति : प्रधानमन्त्री 

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति

रूससँगको सम्बन्ध प्रगाढ बनाउन उत्तर कोरिया प्रतिबद्ध

सियोल– उत्तर कोरियाली नेता किम जोङले रूस भ्रमणका क्रममा सुरक्षा

नेपाललाई समृद्धिको बाटोमा बढ्न नदिने प्रयास भइरहेको छ – प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सुशासनको व्यवस्थित मार्ग

सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले आगामी सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको