मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, जगदम्बा-श्री योगेन्द्र यादवलाई | Khabarhub Khabarhub

मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, जगदम्बा-श्री योगेन्द्र यादवलाई


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मदन पुरस्कार २०८० चर्चित पत्रकार एवम् लेखक मोहन मैनालीलाई उनको पुस्तक ‘मुकाम रणमैदान’का लागि प्रदान गरिने भएको छ।
शुक्रबार बसेको मदन पुरस्कार गुठीको साधारण सभा बैठकले मदन पुरस्कार २०८० बाट ‘मुकाम रणमैदान’का लागि मोहन मैनालीई सम्मान गर्ने निर्णय गरेको हो।
त्यसैगरी जगदम्बा-श्री २०८० बाट प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई सम्मान गरिने निर्णय मदन पुरस्कार गुठीले गरेको छ।  दुवै पुरस्कारको राशि चार लाख रुपैयाँ छ।

गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार ‘नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो योगदान गरेकोमा’ मा यादवलाई जगदम्बा-श्री प्रदान गर्ने निर्णय भएको हो ।

‘मुकाम रणमैदान’का लागि मदन पुरस्कार जितेका पत्रकार तथा लेखक मैनालीको यो पाँचौं पुस्तक हो। यसअघि ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ मैनालीले ल्याइसकेका छन् ।

गुठीले यसअघि उत्कृष्ट पाँच सूची सार्वजनिक गरेको थियो । जसमा भक्त स्याङतानको डम्फुको आत्मालाप (कथासंग्रह), जीवन क्षेत्रीको नुन-तेल (गैरआख्यान), भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि (प्रेमपत्र संग्रह), मोहन मैनालीको मुकाम रणमैदान (इतिहास) र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन (उपन्यास) थिए।

मदन पुरस्कार २०१२ सालमा स्थापना भएको थियो। यो पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई दिइको थियो।

गुठीले २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनकै सम्झनामा जगदम्बा-श्री सम्मान स्थापना गरेको थियो । यो सम्मानबाट पहिलो पटक स्वर सम्राट नारायण गोपाल सम्मानित भएका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  २ : १४ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले