मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, जगदम्बा-श्री योगेन्द्र यादवलाई « Khabarhub

मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, जगदम्बा-श्री योगेन्द्र यादवलाई


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मदन पुरस्कार २०८० चर्चित पत्रकार एवम् लेखक मोहन मैनालीलाई उनको पुस्तक ‘मुकाम रणमैदान’का लागि प्रदान गरिने भएको छ।
शुक्रबार बसेको मदन पुरस्कार गुठीको साधारण सभा बैठकले मदन पुरस्कार २०८० बाट ‘मुकाम रणमैदान’का लागि मोहन मैनालीई सम्मान गर्ने निर्णय गरेको हो।
त्यसैगरी जगदम्बा-श्री २०८० बाट प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई सम्मान गरिने निर्णय मदन पुरस्कार गुठीले गरेको छ।  दुवै पुरस्कारको राशि चार लाख रुपैयाँ छ।

गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार ‘नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो योगदान गरेकोमा’ मा यादवलाई जगदम्बा-श्री प्रदान गर्ने निर्णय भएको हो ।

‘मुकाम रणमैदान’का लागि मदन पुरस्कार जितेका पत्रकार तथा लेखक मैनालीको यो पाँचौं पुस्तक हो। यसअघि ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ मैनालीले ल्याइसकेका छन् ।

गुठीले यसअघि उत्कृष्ट पाँच सूची सार्वजनिक गरेको थियो । जसमा भक्त स्याङतानको डम्फुको आत्मालाप (कथासंग्रह), जीवन क्षेत्रीको नुन-तेल (गैरआख्यान), भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि (प्रेमपत्र संग्रह), मोहन मैनालीको मुकाम रणमैदान (इतिहास) र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन (उपन्यास) थिए।

मदन पुरस्कार २०१२ सालमा स्थापना भएको थियो। यो पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई दिइको थियो।

गुठीले २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनकै सम्झनामा जगदम्बा-श्री सम्मान स्थापना गरेको थियो । यो सम्मानबाट पहिलो पटक स्वर सम्राट नारायण गोपाल सम्मानित भएका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  २ : १४ बजे

खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी, हर्मुजमा शुल्क असुल्ने प्रस्ताव पनि

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका

लगातारको वर्षाका कारण चितवन जलमग्न

काठमाडौं– लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा परेको छ

सांसदहरूको माग : सुकुमवासी समस्या समाधान र गणेश नेपाली घटनाको निष्पक्ष छानबिन

 काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीको समस्या तत्काल समाधान गरी उचित व्यवस्थापन गर्न

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरूले समसामयिक र

पूर्वअमिरको निधनमा शोक समवेदना व्यक्त गर्न उपराष्ट्रपति कतार जाँदै, राष्ट्रपतिलाई गराए जानकारी

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका