हदम्यादबारे गृहमन्त्रीले भने- भ्रष्टाचारमा जहिलेसुकै मुद्दा चल्न सक्छ « Khabarhub

हदम्यादबारे गृहमन्त्रीले भने- भ्रष्टाचारमा जहिलेसुकै मुद्दा चल्न सक्छ


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद हटाउन सरकार तयार रहेको बताएका छन् । उनकै प्रस्तावमा राज्य व्यवस्था समितिले हदम्यादको प्रावधान हटाएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशान समितिको बैठकमा बोल्दै उनले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद हटाएर पहिलाकै व्यवस्था राख्न सरकार तयार रहेको बताएका हुन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद राखिएको थियो ।

राष्ट्रिय सभाले पारित गरिसकेको उक्त विधेयकमाथि प्रतिनिधि सभामा दफावार छलफल भइरहेको थियो । विधेयकमा हदम्याद राखेर भ्रष्टाचारको मुद्दामा उन्मुक्ति दिन खोजिएको भन्दै व्यापक आलोचना भइरहेका बेला उनले शु्क्रबारको बैठकमा उक्त प्रावधान फिर्ताको प्रस्ताव गरेका थिए ।

गृहमन्त्री लेखकले भ्रष्टाचारमा जहिलेसुकै मुद्दा चल्न सक्ने बताए । ‘सरकार यो प्रावधान हटाउन तयार छ । जहिलेसुकै मुद्दा चलाउने सुनिश्चितता गरौँ । ५ वर्षे हदम्यादको विषय हटाउन समस्या भएन,’ उनले भने ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  २ : ३४ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको