हदम्यादबारे गृहमन्त्रीले भने- भ्रष्टाचारमा जहिलेसुकै मुद्दा चल्न सक्छ « Khabarhub

हदम्यादबारे गृहमन्त्रीले भने- भ्रष्टाचारमा जहिलेसुकै मुद्दा चल्न सक्छ


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद हटाउन सरकार तयार रहेको बताएका छन् । उनकै प्रस्तावमा राज्य व्यवस्था समितिले हदम्यादको प्रावधान हटाएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशान समितिको बैठकमा बोल्दै उनले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद हटाएर पहिलाकै व्यवस्था राख्न सरकार तयार रहेको बताएका हुन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद राखिएको थियो ।

राष्ट्रिय सभाले पारित गरिसकेको उक्त विधेयकमाथि प्रतिनिधि सभामा दफावार छलफल भइरहेको थियो । विधेयकमा हदम्याद राखेर भ्रष्टाचारको मुद्दामा उन्मुक्ति दिन खोजिएको भन्दै व्यापक आलोचना भइरहेका बेला उनले शु्क्रबारको बैठकमा उक्त प्रावधान फिर्ताको प्रस्ताव गरेका थिए ।

गृहमन्त्री लेखकले भ्रष्टाचारमा जहिलेसुकै मुद्दा चल्न सक्ने बताए । ‘सरकार यो प्रावधान हटाउन तयार छ । जहिलेसुकै मुद्दा चलाउने सुनिश्चितता गरौँ । ५ वर्षे हदम्यादको विषय हटाउन समस्या भएन,’ उनले भने ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  २ : ३४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको