निर्माण सुरु भएको १५ वर्षपछि अत्रौलीमा खानेपानी « Khabarhub

निर्माण सुरु भएको १५ वर्षपछि अत्रौलीमा खानेपानी


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बरहथवा– सर्लाहीको चुरेक्षेत्रमा पर्ने अत्रौलीका स्थानीयले डेढ दशकको प्रतीक्षापछि खानेपानीको सुविधा पाएका छन् । निर्माण आरम्भ भएको १५ वर्षपछि हरिवन नगरपालिका–२, अत्रौलीका झण्डै पौने तीन सय घरधुरीले खानेपानी सुविधा पाएका हुन् ।

चुरेको काखमा रहेको साविक अत्रौली गाविसका आधा दर्जन गाउँका स्थानीय पानीको चरम अभाव झेल्न बाध्य थिए । खानेपानीको सुविधा नहुँदा खोलाको पानी पिउनु परेको स्थानीय नवराज मैनालीले बताए ।

‘पानीको कुनै विकल्प थिएन, १५ वर्षदेखि पानी खान पाइन्छ कि भन्ने आशामा थियौँ, घरघरमै धाराबाट पानी आउन थालेपछि भने सुविधा भएको छ’, उनले भने ।

यसभन्दा पहिले वर्षामा खहरे खेलाको धमिलो पानी पिउने गरेको अर्का स्थानीय पशुपति शर्माले सुनाइन् । हिउँदमा खोला समेत सुक्दा पानीको चरम अभाव भएको उनले बताइन् ।

तर अहिले भने घरघरमै खानेपानीको धाराबाट पानी झरेपछि स्थानीय हर्षित भएका छन् । सङ्घीय सरकारको लगानीमा २०६६ साल देखि खानेपानी आयोजना सुरु भएको थियो । तर, पर्याप्त बजेट नपाउँदा अलपत्र पर्दै आएको आयोजना १५ वर्षपछि सम्पन्न भएको हो । यहाँका नागरिकलाई पानी खुवाउन सुरु भएको आयोजना ढिलो गरी पूरा भएको वडाध्यक्ष अर्जुनकुमार योञ्जनले जानकारी दिए ।

जनप्रतिनिधिको पहलमा नयाँ बोरिङ र पाइप लाइन विस्तार भएपछि करिब पौने तीन सय घरधुरीले तत्काल पानी उपभोग गर्न सुरु गरेका छन् ।

हरिवन नगरपालिका–२, का वडाध्यक्ष योञ्जनका अनुसार यस आयोजनालाई आर्थिक वर्ष २०७९/८० मा डिभिजन खानेपानी कार्यालय मलङ्गवाबाट नयाँ बोरिङका लागि बजेट प्राप्त भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा वडाको २० लाख रुपैयाँ र नगर उपप्रमुख हरिमाया घलानको योजनाबाट १० लाख रुपैयाँ बजेट विनियोजन गरी पाइपलाइन विस्तार गरिएको वडाध्यक्ष योञ्जनले बताए । आयोजनाअन्तर्गत दुई हजार लिटर बढी क्षमताको खानेपानी ओभरहेड ट्याङ्की यसअघि नै सङ्घीय सरकारको बजेटबाटै निर्माण सम्पन्न भएको छ ।

समयमै आयोजना निर्माण सम्पन्न नहुँदा एउटा बोरिङ निर्माण भएर काम नलाग्ने भएर खेर गएको थियो । पुनः नयाँ बोरिङ बनाएर पानी वितरण गरेको अत्रौली खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवजी महतोले बताए । हाल धमाधम घर–घरमा धारा जडान गरिरहेका उनले जानकारी दिए ।

यस आयोजनाबाट हरिवन नगरपालिका–२ का मिलनचोक, नयाँबस्ती, जिम्दार टोल, चिसापानी, थाङसिङ्गे टोल र तिनतले गाउँमा खानेपानीको सुविधा पुगेको छ । खानेपानीको समस्याबाट मुक्ति पाउँदा सारा गाउँलेले खुसी भएका स्थानीय हरि बहादुर क्याप्छाकीले बताए ।

हरिवन नगरपालिका–२, अन्तरगतको चुरेगाउँ खोरगाउँ र लालिभत्ती क्षेत्रमा समेत वडा कार्यालयले पाइपलाइन विस्तार गरिदिएपछि लालबन्दी खानेपानी तथा सरसफाई संस्थाबाट करिव डेढ सय घरधुरीमा खानेपानी सुविधा पुगेको छ । खानेपानीको दिगो व्यवस्थापन हुँदा खानेपानीको समस्याबाट मुक्ति पाएको खोरगाउँ र लालभित्तीका स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  २ : ३७ बजे

सुकुम्वासी व्यवस्थापनबारे जानकारी दिन सरकारलाई समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले सुकुम्वासी

गाजाको पुनः स्थापनाका लागि युरोपेली दाताहरूबाट एक अर्ब डलर सहयोग घोषणा

ब्रसेल्स- युद्धबाट प्रभावित गाजाको प्रारम्भिक पुनःस्थापनाका लागि युरोपेली दाताहरूले करिब एक

उज्यालो र सुरक्षित सहर अभियानमा ललितपुर महानगरको तीव्रता

काठमाडौं– ललितपुर महानगरपालिकाले उज्यालो र सुरक्षित सहर अभियानलाई तीव्रता दिएको

कालिकोटमा बढ्दै एचआईभी सङ्क्रमित

मान्म– पछिल्लो पटक कालिकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ

सञ्चार गृहअगाडि शंकास्पद गाडीबारे महासचिव पोखरेलको टिप्पणी, ‘विनाशकाले विपरीत बुद्धि’

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग