पल र प्रदीपको प्रतिस्पर्धामा थपियो ‘पूर्णबहादुरको सारङ्गी’ « Khabarhub

पल र प्रदीपको प्रतिस्पर्धामा थपियो ‘पूर्णबहादुरको सारङ्गी’


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लक्ष्मी पूजाको दिन अर्थात् कात्तिक १५ बाट हलमा एक साथ तीन फिल्म लाग्ने भएको छ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले पनि सोही दिनलाई प्रदर्शन मिति तोकेपछि हलमा तीन फिल्मको प्रतिस्पर्धा पक्का भएको हो ।

निर्माण पक्षले शुक्रबार फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

पोस्टरमा फिल्मका दुई मुख्य कलाकार विजय बराल र प्रकाश सपुतलाई स्थान दिइएको छ । सो पोस्टरको पृष्ठभूमि पहाडको गाउँ छ । नायक विजय बराललाई पोस्टरमा विशेष स्थान दिएको पाइन्छ । पोस्टरबाट उनले ग्रामिण भेगका अधबैँसे पुरुषको भूमिका निर्वाह गरेको अनुमान लगाउन सकिन्छ ।

गायक सपुत भने उनी सरकारी स्कुलको पोसकमा देखिएका छन् । उनी अबिर र फूलमाला लगाएर प्रसन्न मुद्रामा देखिएका छन् ।

यस फिल्मको लेखक तथा निर्देशक सरोज पौडेल हुन् । पटकथा र संवाद भने महेश दवाडीले लेखेका हुन् ।

तीन फिल्मको प्रतिस्पर्धा

हलमा फिल्म ‘एक्टर’, ‘मायावी’ र ‘पूर्णबहादुरको सारङ्गी’ले प्रतिस्पर्धा हुने भएको हो । एक्टरमा नायकहरु प्रदीप खड्का, राजबल्लभ कोइराला, नायिका दिव्या रायमाझी र आना शर्माको अभिनय रहेको छ ।

राजबल्लभको कमब्याक फिल्म रहने भएकाले यो फिल्म सुरुवातदेखि नै चर्चामा छ । साथै नायक दीलिप रायमाझीको छोरी दिव्याको डेब्यू फिल्म भएकाले पनि थप चर्चा बटुलेको हो ।

यस फिल्मको निर्देशक राजन भुसाल हुन् । भुसाल स्वयम्ले आकाश बरालसँग मिलेरे फिल्म लेखेका हुन् ।

वैशाखमा छायांकनमा निस्कने क्रममा एक्टर टिमले प्रदर्शन मिति घोषणा गरेको थियो । यो फिल्मसँग प्रतिस्पर्धा गर्न मायावी र पूर्णबहादुरको सारङ्गी अग्रसर भएको पाइन्छ ।

दिवाकार भट्टराईको निर्देशन रहेको फिल्म ‘मायवी’ले बुधबार मात्रै प्रदर्शन मिति सार्वजनिक गरेको हो । यसमा पल र नायिक दीपिका प्रसाईं शीर्ष भूमिकामा छन् ।

दुई फिल्मको प्रदर्शन मिति तोकिएको समयमा शुक्रबार पूर्णबहादुरको सारङ्गी पनि थपिएको हो ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ३ : ०९ बजे

देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी पूरा

तनहुँ – माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा

अब चीनमा एआई मोडलबाट शेयर बजारको भविष्यवाणी र विश्लेषण

पेइचिङ – चीनले पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) मोडल सार्वजनिक गरेको

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : विशेष महाधिवेशन पक्षको बहिष्कार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान बस्दैछ।

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ