पल र प्रदीपको प्रतिस्पर्धामा थपियो ‘पूर्णबहादुरको सारङ्गी’ « Khabarhub

पल र प्रदीपको प्रतिस्पर्धामा थपियो ‘पूर्णबहादुरको सारङ्गी’


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लक्ष्मी पूजाको दिन अर्थात् कात्तिक १५ बाट हलमा एक साथ तीन फिल्म लाग्ने भएको छ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले पनि सोही दिनलाई प्रदर्शन मिति तोकेपछि हलमा तीन फिल्मको प्रतिस्पर्धा पक्का भएको हो ।

निर्माण पक्षले शुक्रबार फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

पोस्टरमा फिल्मका दुई मुख्य कलाकार विजय बराल र प्रकाश सपुतलाई स्थान दिइएको छ । सो पोस्टरको पृष्ठभूमि पहाडको गाउँ छ । नायक विजय बराललाई पोस्टरमा विशेष स्थान दिएको पाइन्छ । पोस्टरबाट उनले ग्रामिण भेगका अधबैँसे पुरुषको भूमिका निर्वाह गरेको अनुमान लगाउन सकिन्छ ।

गायक सपुत भने उनी सरकारी स्कुलको पोसकमा देखिएका छन् । उनी अबिर र फूलमाला लगाएर प्रसन्न मुद्रामा देखिएका छन् ।

यस फिल्मको लेखक तथा निर्देशक सरोज पौडेल हुन् । पटकथा र संवाद भने महेश दवाडीले लेखेका हुन् ।

तीन फिल्मको प्रतिस्पर्धा

हलमा फिल्म ‘एक्टर’, ‘मायावी’ र ‘पूर्णबहादुरको सारङ्गी’ले प्रतिस्पर्धा हुने भएको हो । एक्टरमा नायकहरु प्रदीप खड्का, राजबल्लभ कोइराला, नायिका दिव्या रायमाझी र आना शर्माको अभिनय रहेको छ ।

राजबल्लभको कमब्याक फिल्म रहने भएकाले यो फिल्म सुरुवातदेखि नै चर्चामा छ । साथै नायक दीलिप रायमाझीको छोरी दिव्याको डेब्यू फिल्म भएकाले पनि थप चर्चा बटुलेको हो ।

यस फिल्मको निर्देशक राजन भुसाल हुन् । भुसाल स्वयम्ले आकाश बरालसँग मिलेरे फिल्म लेखेका हुन् ।

वैशाखमा छायांकनमा निस्कने क्रममा एक्टर टिमले प्रदर्शन मिति घोषणा गरेको थियो । यो फिल्मसँग प्रतिस्पर्धा गर्न मायावी र पूर्णबहादुरको सारङ्गी अग्रसर भएको पाइन्छ ।

दिवाकार भट्टराईको निर्देशन रहेको फिल्म ‘मायवी’ले बुधबार मात्रै प्रदर्शन मिति सार्वजनिक गरेको हो । यसमा पल र नायिक दीपिका प्रसाईं शीर्ष भूमिकामा छन् ।

दुई फिल्मको प्रदर्शन मिति तोकिएको समयमा शुक्रबार पूर्णबहादुरको सारङ्गी पनि थपिएको हो ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ३ : ०९ बजे

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु

बेइजिङ– सुस्त बन्दै गएको अर्थतन्त्र, उच्च युवा बेरोजगारी र बाह्य

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

काठमाडौं– गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी

नेपालको आँखा स्वास्थ्यमा महिलाको पहुँच

काठमाडौं– अन्तरराष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभई

इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर