शेर्पाबारे पर्यटनमन्त्री भन्छन्- हिमाललाई संसारभर चिनाउने वीरहरू « Khabarhub

शेर्पाबारे पर्यटनमन्त्री भन्छन्- हिमाललाई संसारभर चिनाउने वीरहरू


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शेर्पाहरूलाई हिमाल जोगाउने वीरहरूको संज्ञा दिएका छन् ।

शुक्रबार नेपाल पर्वतीय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विश्वमा वीर गोरखाली भनेर चिनिए जस्तै सगरमाथा चिनाउने वीरहरू शेर्पा भएको बताए ।

‘प्रत्येक समाज र देशको आ-आफ्नै संस्कृति छ। वीर गोरखाली र हाम्रा पौरख गर्ने, हिमाल चढ्ने र चढाउने हिमाली शेर्पाहरू हुन्’, उनले भने, ‘हाम्रा साहसी शेर्पाहरूले नै हिमाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु भएको छ। उहाँहरूले संस्कार र संस्कृति गुमाउने हो भने नेपालको आफ्नो अस्तित्व गुम्छ ।’

मन्त्री पाण्डेले माउन्टेन एकेडेमीलाई अन्तर्राष्ट्रिय शैक्षिक हबका रूपमा अघि बढाउनु पर्नेसमेत बताए।

‘अब यसलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय बनाउनु पर्छ। सोलुखुम्बु र त्यस वरपरका मात्रै होइन, संसारभरका विद्यार्थी पढ्ने गरि दायरा विस्तार हुनेमा विश्वास व्यक्त गरेको छु’, उनले भने । मन्त्री पाण्डेले नाथम र माउन्टेन एकेडेमीलाई मर्ज नगरिने पनि विश्वास दिए ।

कार्यक्रममा पूर्वमन्त्रीद्वय बलबहादुर केसी र शंकरप्रसाद कोइराला, प्रतिष्ठानका पूर्वअध्यक्षहरू शंकर प्रसाद पाण्डे, प्रेमकुमार श्रेष्ठ, सन्तोष थापा मगर, लाप्पा फुटी शेर्पा सम्मानित भए।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ५ : १३ बजे

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल

सरकारले एक सय दिनमा रचनात्मक काम गर्‍यो : ज्ञानेन्द्र शाही

देवदह– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही

गणेश नेपालीको शव आर्यघाट लगियो (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि ज्यान गुमाएका गणेश नेपालीको शव अन्त्येष्टिका लागि

‘सरकार पहिलो दिनदेखि नै संवैधानिक र कानुनी हिसाबले चलेको छैन’

काठमाडौं- टिकाराम भट्टराई संवैधानिक कानुन विज्ञ हुन् । उनी प्रधानमन्त्री

एकै दिन ४ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

काबुल- छिमेकी मुलुकहरूमा कागजातविहीन विदेशी नागरिकमाथि कडाइ बढ्दै गएसँगै अफगान शरणार्थीहरूको