गृहमन्त्री लेखक भन्छन्- पाँचथरमा विस्फोट भएको बम सशस्त्र द्वन्द्वकालकै हो  | Khabarhub Khabarhub

गृहमन्त्री लेखक भन्छन्- पाँचथरमा विस्फोट भएको बम सशस्त्र द्वन्द्वकालकै हो 


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विस्फोटक पदार्थ पड्किँदा पाँचथरमा भएको दुई जना दाजु बहिनीको मृत्युबारे गृहमन्त्री रमेश लेखकले छोटो प्रतिक्रिया दिएका छन् ।  उनले बम सशस्त्र द्वन्द्वकालको भएको पुष्टि गरे ।

गृहमन्त्री रमेश लेखकले शुक्रबार गृह मन्त्रालयमा पत्रकारहरूसँगको अन्तर्क्रियामा यस्तो बताएका हुन् । ‘पाँचथरमा विस्फोट भएको बम द्वन्द्वकालीन नै भएको प्रहरीको ब्रिफिङ छ । ग्रिनेड पड्कियो । अत्यन्त दुःखद घटना भयो । आज मात्रै प्रहरीसँग लामो कुराकानी गरेको थिए । उनले भने, ‘यो पुरानो ग्रिनेड नै हो, सशस्त्र द्वन्द्वका बेलाकै ग्रिनेड पड्केर दुःखद घटना भएको देखियो ।’

उनले सशस्त्र द्वन्द्वको पीडा जीवित भएको भन्दै यो घटनाले दुखद भएको बताए ।

पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा बिहीबार विस्फोटक पदार्थ पड्किँदा
स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई बर्सिया छोरी प्रिन्साको ज्यान गएको थियो ।

दिप्सन र प्रिन्सा छिमेकी ज्ञानबहादुर राईका ११ वर्षीय छोरा पवनसँग खेल्न गएका थिए । त्यही क्रममा बम विस्फोट हुँदा घाइते पवनको उपचार जारी छ । ज्ञानबहादुरको परिवार माओवादी कार्यकर्तासमेत रहेका आइतराज केरुङको घरमा १० वर्षदेखि बस्दै आएको थियो ।

यो पनि

बम पड्किएको घर माओवादीको सेल्टर, सेना पनि पुगिरहन्थ्यो

पाँचथरमा घरेलु विस्फोटक पड्कँदा ३ बालबालिका गम्भीर घाइते

पाँचथर विस्फोट : एक बालिकाको मृत्यु (अपडेट)

पाँचथर विस्फोट अपडेट : घाइते अर्का बालकको पनि मृत्यु

 

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ५ : १३ बजे

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष