हत्या गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

हत्या गरेको आरोपमा एक जना पक्राउ


१४ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सिराहा– सिराहा नगरपालिका-३ मखनाहा बस्ने ४० वर्षीय राकेश कुमार वर्माको हत्या गरेको आरोपमा धनुषाको धनुषाधाम नगरपालिका-४ लक्ष्मीपुर बस्ने ३२ वर्षीय प्रकाश यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित नेपाल आयल निगम लिमिटेडको फिल्ड अप्रेशन रूममा सोही आयल निगममा कार्यरत प्रकाश र राकेश कुमार बिच एक आपसमा विवाद हुँदा प्रकाशले बेल्चा प्रहार गर्दा राकेश कुमारको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : १४ भदौ २०८१, शुक्रबार  ५ : ३२ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको