वायु प्रदूषण न्यूनीकरणमा मन्त्रालयले प्रभावकारी कदम चाल्छ : वनमन्त्री « Khabarhub

वायु प्रदूषण न्यूनीकरणमा मन्त्रालयले प्रभावकारी कदम चाल्छ : वनमन्त्री


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले वायु प्रदूषणको असर न्यूनीकरण र नियन्त्रणमा वन तथा वातावरण मन्त्रालय संवेदनशील रहेको बताएका छन् ।

‘वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असरसम्बन्धी अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री ठकुरीले वायु प्रदूषणको असर न्यूनीकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताएका हुन् । जलवायु परिवर्तन र वायु प्रदूषणको असर नियन्त्रण मन्त्रालयको चासोको विषय भएको मन्त्री जलवायु परिवर्तनबाट सिर्जित वायु प्रदूषण प्रेरित असर न्यूनीकरण र नियन्त्रणका लागि मन्त्रालयले थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी ढंगले अघि बढाउने मन्त्री ठकुरीले बताए ।

सञ्चारमाध्यका साथीहरू र सरोकारवाला पक्षलाई मन्त्रालयमा आमन्त्रण गरेर सल्लाह र सुझाव लिएर अघि बढ्ने मन्त्री ठकुरीले बताए । वायु प्रदूषणको असरले मानवीय, जैविक र पारिस्थितिक प्रणालीलाई समेत ठूलो असर पारेकोप्रति मन्त्री ठकुरीले चिन्ता व्यक्त गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौं महानगरपालिकाका साथै स्थानीय तह र सम्बन्ध सबै वन तथा वातावरणसँग सरोकार राख्ने पक्षसँग परामर्श छलफल गरेर जलवायु परिवर्तनले पारेका असरहरूको पहिचान र नियन्त्रणमा मन्त्रालयले प्रभावकारी कदम चाल्ने मन्त्री ठकुरीले बताए । वायु प्रदूषण न्यूनीकरण र नियन्त्रणमा सरोकार राख्ने सबै पक्षलाई सक्रिय सहभागीको अनुरोध गर्दै मन्त्रालय सहयोग र सहकार्यका लागि तत्पर रहेको स्पष्ट पारे ।

ट्रिपल मिडिया प्रा.लिद्वारा आयोजित ‘वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रममा विज्ञहरुद्वारा सात वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री ठकुरीलाई नेशनल युथ फर चिल्ड्रेन एक्सनले तयार पारेको जलवायु परिवर्तन सम्बन्धी घोषणा पत्र समेत हस्तान्तरण गरेको थिए ।

 

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ६ : ५१ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण