भारतद्वारा श्रीलङ्कालाई ऊर्जा परियोजनाको पहिलो भुक्तानी हस्तान्तरण « Khabarhub

भारतद्वारा श्रीलङ्कालाई ऊर्जा परियोजनाको पहिलो भुक्तानी हस्तान्तरण


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कोलम्बो । श्रीलङ्काका डेल्फ्ट, नैनातिवु र अनालाइतिवु टापुमा ऊर्जा आवश्यकताहरू सम्बोधन गर्ने उद्देश्यले हाइब्रिड पावर प्रोजेक्टको लागि पहिलो भुक्तानी हस्तान्तरण गरेको बिहीबार श्रीलङ्काका लागि भारतीय उच्चायुक्त सन्तोष झा ले बताएका छन् ।

झाले ऊर्जा मन्त्रालयका सचिव तथा श्रीलङ्का दिगो ऊर्जा प्राधिकरण (एसएलएसईए)का अध्यक्ष सुलक्षणा जयवर्धनेलाई भुक्तानी हस्तान्तरण गरेका हुन् ।

परियोजनाको उद्देश्य राष्ट्रिय ग्रिडमा नजोडिएका तीन टापुका मानिसहरूको ऊर्जा जन्य आवश्यकता पूरा गर्नु हो । वक्तव्य अनुसार भारतले यस परियोजनाका लागि एक करोड दश लाख अमेरिकी डलर सहयोग गरेको छ ।

यसअघि अगस्ट २३ मा झाले टापुको पूर्वी प्रान्तको भ्रमणका क्रममा गरी गभर्नर सेन्थिल थोन्डामन र व्यापार तथा वातावरण राज्यमन्त्री एस वियालेन्दिरनसँगको भेटमा भारतको विभिन्न परियोजनाबारे छलफल गरेका थिए ।

यसअघि अगस्ट–२२ मा, झाले बट्टिकलोआ जिल्ला चेम्बर अफ कमर्स र बट्टिकलोआ चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रतिनिधिसँग कुराकानी गरी भारतसँग बी एण्ड बी संलग्नता बढाउने सल्लाह दिएका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ११ : ०२ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको