भारतद्वारा श्रीलङ्कालाई ऊर्जा परियोजनाको पहिलो भुक्तानी हस्तान्तरण « Khabarhub

भारतद्वारा श्रीलङ्कालाई ऊर्जा परियोजनाको पहिलो भुक्तानी हस्तान्तरण


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कोलम्बो । श्रीलङ्काका डेल्फ्ट, नैनातिवु र अनालाइतिवु टापुमा ऊर्जा आवश्यकताहरू सम्बोधन गर्ने उद्देश्यले हाइब्रिड पावर प्रोजेक्टको लागि पहिलो भुक्तानी हस्तान्तरण गरेको बिहीबार श्रीलङ्काका लागि भारतीय उच्चायुक्त सन्तोष झा ले बताएका छन् ।

झाले ऊर्जा मन्त्रालयका सचिव तथा श्रीलङ्का दिगो ऊर्जा प्राधिकरण (एसएलएसईए)का अध्यक्ष सुलक्षणा जयवर्धनेलाई भुक्तानी हस्तान्तरण गरेका हुन् ।

परियोजनाको उद्देश्य राष्ट्रिय ग्रिडमा नजोडिएका तीन टापुका मानिसहरूको ऊर्जा जन्य आवश्यकता पूरा गर्नु हो । वक्तव्य अनुसार भारतले यस परियोजनाका लागि एक करोड दश लाख अमेरिकी डलर सहयोग गरेको छ ।

यसअघि अगस्ट २३ मा झाले टापुको पूर्वी प्रान्तको भ्रमणका क्रममा गरी गभर्नर सेन्थिल थोन्डामन र व्यापार तथा वातावरण राज्यमन्त्री एस वियालेन्दिरनसँगको भेटमा भारतको विभिन्न परियोजनाबारे छलफल गरेका थिए ।

यसअघि अगस्ट–२२ मा, झाले बट्टिकलोआ जिल्ला चेम्बर अफ कमर्स र बट्टिकलोआ चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रतिनिधिसँग कुराकानी गरी भारतसँग बी एण्ड बी संलग्नता बढाउने सल्लाह दिएका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ११ : ०२ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा