प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै « Khabarhub

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अपराह्न स्वदेश फर्किँदै छन् ।

महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए ।

न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए । उनी अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गरेका थिए ।

उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत छन् ।

प्रधानमन्त्री ओलीसहितको टोली यही असोज ४ गते अमेरिकाको न्युयोर्क प्रस्थान गरेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ८ : २७ बजे

झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै

झापा– झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ देखि फागुन

वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब

कोशी र गण्डकीका उच्च भू–भागमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

किन महँगिँदै छन् स्मार्टफोन ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन। यो उत्पादन

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना