जुगलको तेगा पहिरोमा पुरिएका सात जनाको खोजी गरिँदै « Khabarhub

जुगलको तेगा पहिरोमा पुरिएका सात जनाको खोजी गरिँदै


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को तेगागाउँमा शनिबार गएको पहिरोमा परेका सातजना अझै बेपत्ता छन् ।

शुक्रबार तेम्बाथाङबाट गाउँ हिँडेका सातै जना सम्पर्कविहीन भएको वडाध्यक्ष लक्ष्मण लामा दोङले जानकारी दिए। उनका अनुसार पहिरोमा स्थानीय मिङ्मार रिन्जेन शेर्पा, लाक्पा शेर्पा र पेम्बा शेर्पाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । पहिरोले घर पुरिएकासहित गरी स्थानीय शाङ्मो शेर्पा, ढेन्डु शेर्पा, साडलो शेर्पा, ढोमा शेर्पा सम्पर्कमा छैनन् ।

वडाध्यक्षका अनुसार स्थानीयले हेर्दा तेम्बाथाङ अगाडि र तेगा नजिकै पनि पहिरो गएको देखिएको जानकारी प्राप्त भएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले हेलिकप्टरमार्फत उक्त स्थान निरीक्षण गरेका छन् ।

तेगा पहिरोपीडितका लागि सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घले राहतस्वरुप खाद्यान्न उपलब्ध गराएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १ : ३४ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका