भारतविरुद्ध बङ्गलादेश २३३ रनमा अलआउट « Khabarhub

भारतविरुद्ध बङ्गलादेश २३३ रनमा अलआउट


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतविरुद्धको दोस्रो टेस्टमा बङ्गलादेशले पहिलो इनिंगमा २३३ रन बनाएको छ । वर्षाले प्रभावित बनेको यस टेस्टको चौथो दिन आज बङ्गलादेशले २३३ रन बनाएर अलआउट भएको हो ।

बङ्गलादेशका लागि मोनिमुल हकले १०७ रनको शतकीय पारी खेलेका थिए भने अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् ।

त्यस्तै भारतका बलर जसप्रित बुमराहले ३ विकेट लिए भने मोहमद सिराज, आकाश दीप र आर आश्विनले २-२ विकेट लिए । त्यस्तै रवीन्द्र जडेजाले एक विकेट लिए ।

जडेजाले एक विकेट लिएसँगै टेस्ट क्रिकेटमा आफ्नो ३०० विकेट पुरा गरेका छन् । उनले ७४ टेस्ट खेल्दै ३०० विकेट लिएका हुन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १ : ५३ बजे

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल