भारतविरुद्ध बङ्गलादेश २३३ रनमा अलआउट | Khabarhub Khabarhub

भारतविरुद्ध बङ्गलादेश २३३ रनमा अलआउट


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतविरुद्धको दोस्रो टेस्टमा बङ्गलादेशले पहिलो इनिंगमा २३३ रन बनाएको छ । वर्षाले प्रभावित बनेको यस टेस्टको चौथो दिन आज बङ्गलादेशले २३३ रन बनाएर अलआउट भएको हो ।

बङ्गलादेशका लागि मोनिमुल हकले १०७ रनको शतकीय पारी खेलेका थिए भने अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् ।

त्यस्तै भारतका बलर जसप्रित बुमराहले ३ विकेट लिए भने मोहमद सिराज, आकाश दीप र आर आश्विनले २-२ विकेट लिए । त्यस्तै रवीन्द्र जडेजाले एक विकेट लिए ।

जडेजाले एक विकेट लिएसँगै टेस्ट क्रिकेटमा आफ्नो ३०० विकेट पुरा गरेका छन् । उनले ७४ टेस्ट खेल्दै ३०० विकेट लिएका हुन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १ : ५३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’