बाढीपहिरोले भौतिक पूर्वाधार क्षेत्रमा मात्रै २५ अर्बको क्षति « Khabarhub

बाढीपहिरोले भौतिक पूर्वाधार क्षेत्रमा मात्रै २५ अर्बको क्षति


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालैको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति भएको बताएका छन् ।

अनेरास्ववियुले सोमबार काठमाडौंमा गरेको ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन’ विषयक कार्यक्रममा मन्त्री दाहालले प्राकृतिक प्रकोपबाट देशका केही स्थानमा पक्ली पुलदेखि सडक, झोलुङ्गे पुल बगाएर ठूलो क्षति भएको बताएका छन् ।

दाहालले क्षतिग्रस्त सडकहरूको मर्मत गरी यातायात सुचारु गर्ने सरकारको मुख्य प्राथमिकता रहेको धारणा राखे ।

चाडवाडअघि नै अवरुद्ध भएका सबै सडक सञ्जाल सुचारु भइसक्ने जानकारी दिँदै मन्त्री दाहालले अन्य सडकखण्ड पनि मर्मत गरिने बताए ।

उनले चाडवाडमा हवाई भाडा निकै महंगो देखिएकाले नियन्त्रण गर्न पनि सरकार लागिरहेको बताउए ।

यात्रुहरूलाई सहज रुपमा यात्रा गराउन प्रभावकारी रुपमा अनुगमन गरिने दाहालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  २ : १७ बजे

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार