औँला पड्काउँदा हुन सक्छ यस्तो खतरा ! | Khabarhub Khabarhub

औँला पड्काउँदा हुन सक्छ यस्तो खतरा !


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्राय अधिकांश मानिसहरूको अल्छी लाग्दा औँला, घाँटी, शरीरका हड्डीको जोर्नीहरू पड्काउने  बानी हुन्छ । कम्प्युटरमा काम गर्दा वा केही सोच्दा बारम्बार आफ्नो औँला पड्काउने धेरैले गरिरहेका हुन्छन् ।

यसो गर्दा आराम भएको महसुस त हुन्छ तर चिकित्सकहरूका अनुसार यसले स्वास्थ्यमा भने गम्भीर समस्या आउन सक्छ । चिकित्सकहरू यसो नगर्न आग्रह गर्छन् ।

औँला पड्काउनुका बेफाइदाहरू 

हाम्रो शरीरको जोर्नीहरूमा विशेष तरल पदार्थ हुन्छ । जब हामीले औँला वा शरीरको कुनै पनि जोर्नी (जस्तै घाँटी र ढाँड) पड्काउँछौँ, जोर्नीहरू बिचको तरल पदार्थको ग्यास निस्कन्छ र भित्र बन्ने बुलबुले फुट्न थाल्छ ।

यही कारण औँला पड्काउँदा आवाज सुनिन्छ ।  स्वास्थ्य विज्ञहरूका अनुसार आफ्नो औँलाहरू धेरै पड्काउने हो भने, हातको पकड शक्ति कमजोर हुन सक्छ र हातमा सुन्निने समस्या पनि उत्पन्न हुन सक्छ । त्यसैले आफ्नो औँलाहरू धेरै पड्काउनबाट जोगिनु पर्छ ।

विज्ञहरूका अनुसार औँलाहरू पड्काउँदा कुनै दुखाइ महसुस हुँदैन भने, यसको मतलब सबै ठिक छ । तर,  औँलाहरू अत्यधिक रूपमा पड्काउने हो भने त्यहाँ आथ्र्राइटिसको जोखिम हुन सक्छ । र धेरै जोडले औँला पड्काउँदा कहिलेकाहीँ औँला भाँच्चिने सम्मको जोखिम पनि हुन्छ । यस्तो भएमा हाड जोर्नी विशेषज्ञलाई जँचाउनु पर्छ ।

ढाड र घाँटी पड्काउँदा किन राम्रो लाग्छ ? 
घाँटी र ढाड पड्काउँदा यसले एन्डोर्फिन निस्कन सक्छ, जुन प्राकृतिक दुखाइ निवारक हो । यद्यपि यथार्थमा त्यस्तो केही हुँदैन । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ४ : ०३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’