सोमबार नेप्से ४४ अंकले बढ्दा कारोबार भने घट्यो  « Khabarhub

सोमबार नेप्से ४४ अंकले बढ्दा कारोबार भने घट्यो 


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । नेप्से बढेको भएपनि कारोबार भने घटेको छ । आइतबार २२ अंकले घटेको बजार आज नेप्से ४४.४५ अंकले बढेको छ । सोमबार नेप्से १.८० प्रतिशतले बढेर २५०८.८६ विन्दुमा पुगेको छ । 

तर, कारोबार भने ३ अर्ब ७१ करोड ५३ लाख ६० हजार रुपैयाँ बराबरको मात्र भएको छ । उक्त कारोबार नेप्से ३ हजार विन्दु पुगेयताकै न्यून हो । आइतबार ३ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 

सोमबार ९७ लाख १७ हजार ९५९ कित्ताको कारोबार भएको छ । जसमा २१० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३१९ वटा कम्पनीको शेयर कारोबार भएको छ । सोमबार ५० हजार ६८० पटक शेयर किनबेच भएको नेप्सेको तथ्यांकमा उल्लेख छ । आज समूह तर्फ म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली देखिएको छ । आज म्युचुअल फण्ड समूह ०.६० प्रतिशतले घटेर २०.३४ विन्दुमा आएको छ । 

आज सबैभन्दा बढी फाइनान्स समूह ४.१९ अंकले बढेर २ हजार ८२६.०२ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम निर्जीवन बीमा समूह ०.७१ प्रतिशतले बढेर १२ हजार ६६७.१७ विन्दुमा पुगेको छ । 

त्यस्तै वाणिज्य बैंक समूह १.१८ प्रतिशतले, विकास बैंक १.९३ प्रतिशतले, होटल एण्ड टुरिजम ३.२८ प्रतिशतले, हाइड्रोपावर १.२२ प्रतिशतले, लगानी २.४५ प्रतिशतले, जीवन बीमा १.७८ प्रतिशतले, उत्पादन तथा प्रशोधन ३.८५ प्रतिशतले, लघुवित्त १.८५ प्रतिशतले, अन्य समूह २.३७ प्रतिशतले र ट्रेडिङ समूह १.५२ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ३ : १५ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै