सोमबार नेप्से ४४ अंकले बढ्दा कारोबार भने घट्यो  « Khabarhub

सोमबार नेप्से ४४ अंकले बढ्दा कारोबार भने घट्यो 


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । नेप्से बढेको भएपनि कारोबार भने घटेको छ । आइतबार २२ अंकले घटेको बजार आज नेप्से ४४.४५ अंकले बढेको छ । सोमबार नेप्से १.८० प्रतिशतले बढेर २५०८.८६ विन्दुमा पुगेको छ । 

तर, कारोबार भने ३ अर्ब ७१ करोड ५३ लाख ६० हजार रुपैयाँ बराबरको मात्र भएको छ । उक्त कारोबार नेप्से ३ हजार विन्दु पुगेयताकै न्यून हो । आइतबार ३ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 

सोमबार ९७ लाख १७ हजार ९५९ कित्ताको कारोबार भएको छ । जसमा २१० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३१९ वटा कम्पनीको शेयर कारोबार भएको छ । सोमबार ५० हजार ६८० पटक शेयर किनबेच भएको नेप्सेको तथ्यांकमा उल्लेख छ । आज समूह तर्फ म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली देखिएको छ । आज म्युचुअल फण्ड समूह ०.६० प्रतिशतले घटेर २०.३४ विन्दुमा आएको छ । 

आज सबैभन्दा बढी फाइनान्स समूह ४.१९ अंकले बढेर २ हजार ८२६.०२ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम निर्जीवन बीमा समूह ०.७१ प्रतिशतले बढेर १२ हजार ६६७.१७ विन्दुमा पुगेको छ । 

त्यस्तै वाणिज्य बैंक समूह १.१८ प्रतिशतले, विकास बैंक १.९३ प्रतिशतले, होटल एण्ड टुरिजम ३.२८ प्रतिशतले, हाइड्रोपावर १.२२ प्रतिशतले, लगानी २.४५ प्रतिशतले, जीवन बीमा १.७८ प्रतिशतले, उत्पादन तथा प्रशोधन ३.८५ प्रतिशतले, लघुवित्त १.८५ प्रतिशतले, अन्य समूह २.३७ प्रतिशतले र ट्रेडिङ समूह १.५२ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ३ : १५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर