पहिरोमा पुरिएका ६ फुटबलरको एकसाथ अन्तिम बिदाइ (तस्बिरहरू) | Khabarhub Khabarhub

पहिरोमा पुरिएका ६ फुटबलरको एकसाथ अन्तिम बिदाइ (तस्बिरहरू)


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ स्थित वल्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका ६ जना किशोर फुटबलरको सोमबार दाहसंस्कार गरिएको छ।

गत शनिबार बिहान पहिरोमा पुरिएर ज्यान गुमाएका ६ किशोर फुटबलरको पशुपति आर्यघाटमा एकसाथ दाहसंस्कार गरिएको हो ।

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर भरिएर शनिबार बिहान जलाशयका दुवै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षितस्थलतर्फ सार्न खोज्दा उनीहरू पहिरोमा पुरिएका थिए ।

खोजबिनका क्रममा उनीहरू सबैजना किशोर फुटबलरको शव भेटिएको थियो ।

पहिरोमा पुरिएर ज्यान गुमाउनेमा मकवानपुरका अनुप घलान, विवश बाँनिया, आदित्य बलम्पाकी, सर्लाहीका प्रियांक आचार्य, बाराका विकल रेग्मी र काठमाडौंका साइमन योञ्जन थिए ।

मकवानपुरको वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनसँगै ज्यान गुमाएका ६ जनासहित ४० किशोर बन्द प्रशिक्षणमा रहेका थिए ।

अन्डर १३ समूहका ४० जना किशोरलाई अखिल नेपाल फुटबल संघ एन्फाले गत जेठ महिनादेखि सिस्नेरीस्थित वत्सलादेवी माविको छात्राबासमा बन्द प्रशिक्षणमा राखेको थियो ।

ती ६ जना खेलाडीको पशुपतिमा दाहसंस्कार गरिएको हो । उनीहरूको पार्थिव शरीरमा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालको झण्डा र एन्फा अध्यक्षले संस्थाको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए ।

 

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ४ : ५२ बजे

टुकुचा खोलामा भासिएको सडक निर्माण गरिँदै (तस्बिरहरू)

काठमाडौं– कमलादीस्थित टुकुचा खोलामा भासिएको सडकको निर्माण कार्य धमाधम भइरहेको

कार्तिक आर्यन स्टारर भूल भुलैया ३ ले कमायो दुई सय करोड

काठमाडौं– । बलिउड अभिनेता कार्तिक आर्यन स्टारर फिल्म भूल भुलैया-३

अमेरिकाको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु, १६ घाइते

एजेन्सी – अमेरिकाको अलाबामा राज्यको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एक

अधिकारी पक्राउको सूचना संसद्‍मा, प्रदेशसभा सदस्यबाट निलम्बित

विराटनगर- कोशी प्रदेश सरकार पूर्वमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारी पक्राउ

प्रधानमन्त्री भन्छन्- संविधान संशोधनका लागि छलफल हुँदैछ

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको