श्रीलंकाको निर्यातमा ४.६७ प्रतिशतले वृद्धि « Khabarhub

श्रीलंकाको निर्यातमा ४.६७ प्रतिशतले वृद्धि


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सन् २०२४ अगस्टमा श्रीलंकाको कुल निर्यात एक अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ र गत वर्षको सोही अवधिको तुलनामा यो ४.६७ प्रतिशतले वृद्धि भएको निर्यात विकास समितिले सोमबार जनाएको छ ।

श्रीलंका भन्सारको तथ्यांक उद्धृत गर्दै समितिले अगस्ट २०२४ मा व्यापारिक निर्यात प्रदर्शन एक अर्ब १० करोड अमेरिकी डलर रहेको जनाएको छ । यो सन् २०२३ को सोही अवधिको तुलनामा ४.१८ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ ।

मुख्यतया कपडा, चिया, रबर, नरिवल आधारित उत्पादन र मसलाजन्य सामानको पैठारीले निर्यातमा वृद्धि भएको तथ्यांकमा जनाइएको छ । दुई वर्षको अन्तरालपछि, निर्यातले अगस्टमा ५० करोड अमेरिकी डलरको सीमा पार गरेको हो ।  

अगस्ट सम्मका लागि सेवा निर्यातको अनुमानित मूल्य ३१ करोड ८० लाख ७७ हजार अमेरिकी डलर तय गरिएको थियो । यो सन् २०२३ को समान अवधिको तुलनामा ६.४९ प्रतिशतले बढी हो ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ५ : ११ बजे

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन

सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिनेमाथि कारबाही गर्दै साइबर ब्यूरो

काठमाडौं – प्रहरीले सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिएर भ्रमण