राष्ट्रसंघ भ्रमणको उपलब्धिबारे सोध्दा ओलीको जवाफ- म भैंसी दुहुन गएको होइन « Khabarhub

राष्ट्रसंघ भ्रमणको उपलब्धिबारे सोध्दा ओलीको जवाफ- म भैंसी दुहुन गएको होइन


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एघार दिन लामो राष्ट्रसंघीय महासभाको सहभागितापछि सोमबार काठमाडौं उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पत्रकाहरूको हल्का नोकझोंक चलेको छ।

परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले ११ दिने राष्ट्रसंघ यात्राको उपलब्धि स-विस्तार वर्णन गरेपछि ओलीसँग पत्रकारको सवाल-जवाफ कार्यक्रम त्रिभुवन विमानस्थलको भीआईपी कक्षमा राखिएको थियो ।

त्यसक्रममा पत्रकारहरूले राष्ट्रसंघ भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटको उपलब्धिबारे विशेष चासो राखे ।

ओलीले मोदीसँगको भेटबारे अनुमान गरेअनुसारकै जवाफ दिँदै भने, ‘मोदीसँग दुई देशबीचका सम्बन्धलाई प्रगाढ र बलियो बनाउने कुरा भएको छ।’

त्यसपछि पत्रकारले राष्ट्रसंघबाट के के उपलब्धि गरेर आउनु भयो भनेर ओलीलाई सोधे । त्यसमा भने ओली केही रिसाए जस्तो देखिए । उनले राष्ट्र संघमा आफूले नेपाल जस्ता देशकोतर्फबाट प्रष्टसँग कुरा राखेको सुनाए ।

उपलब्धिका सन्दर्भमा भने ओलीले पत्रकारहरूसँग रिसाएको शैलीमा जवाफ दिँदै भने, ‘म भैंसी दुहुन गएको होइन, दूध लिएर आएँ भन्नलाई । मैले राष्ट्रसंघमा हाम्रा विचार राख्न पाएँ । हाम्रो देशको मात्रै समस्या होइन, पछिल्लो समय विश्वमा देखिएका समस्या सबै मिलेर समाधान गरौँ भन्ने कुरा पनि राखेँ ।’

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ५ : २१ बजे

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

कास्की– पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको

हिट फिल्मको सिक्वेल छोडेर ‘रोल नम्बर १’ गर्ने मुकुन

काठमाडौँ- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नम्बर १’को स्लोगान

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक