ट्युनिसियामा आप्रवासी चढेको डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु « Khabarhub

ट्युनिसियामा आप्रवासी चढेको डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणपूर्वी टापु जेर्बाको तटीय क्षेत्रमा सोमबार एक आप्रवासी चढेको डुङ्गा पल्टिँदा तीन बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको एक न्यायिक अधिकारीले बताएका छन्।

मेडेनिन अदालतका प्रवक्ता फेथी बाकुचेले एएफपीसँग कुरा गर्दै मृत्यु हुनेमा पाँच पुरुष र चार महिला रहेका छन् । डुङ्गा के कारणले डुबेको थियो भन्ने कारण समाचार तयार पार्दासम्म थाहा हुनसकेको छैन।

ट्युनिसियाली नेशनल गार्डले चार जना आप्रवासी पौडी खेलेर किनारामा फर्किएको जनाएको छ । ट्युनिसिया र छिमेकी लिबिया युरोपमा राम्रो जीवन यापन गर्न चाहने आप्रवासीका लागि प्रमुख प्रस्थान बिन्दु बनेका छन्।

सन् २०२३ मा ट्युनिसियाको स्थिर अर्थतन्त्रले ०.४ प्रतिशतको मात्र आर्थिक वृद्धि दर हासिल गरेको छ भने बेरोजगारी बढेको छ । प्रत्येक वर्ष, दशौं हजार मानिसहरू ट्युनिसिया हुँदै यूरोपतर्फ जान समुद्रको खतरनाक यात्रा गर्ने गर्छन् । 

जनवरी १ देखि ट्युनिसियाको तटीय क्षेत्रमा कम्तीमा १०३ वटा अस्थायी डुङ्गा डुबेको र ३४१ जनाको शव निकालिएको सरकारले जनाएको छ ।
एफटिडीईएस अधिकार समूहका अनुसार गत वर्ष ट्युनिसियामा डुङ्गा दुर्घटना हुँदा एक हजार ३०० भन्दा बढीको मृत्यु भएको थियो ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) का अनुसार गत दशकमा भूमध्यसागरमा ३० हजार ३०९ भन्दा बढी आप्रवासीको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ५ : ३९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४