बार अध्यक्षले भने- न्यायपरिषद्लाई खबरदारी गर्दा अवहेलना मुद्दा चलाइयो « Khabarhub

बार अध्यक्षले भने- न्यायपरिषद्लाई खबरदारी गर्दा अवहेलना मुद्दा चलाइयो


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफ्नो कमजोरी ढाक्नका लागि न्यायपरिषद्ले आफूविरुद्ध मुद्दा चलाउन खोजेको बताएका छन् ।

सोमबार बार एशोसिएशनमा पत्रकार सम्मेलन गर्दै घिमिरेले न्यायपरिषद्को स्वेच्छचारिताविरुद्ध आवाज उठाउँदा अवहेलनामा कारवाही गर्न सक्ने गरि न्यायपरिषद्ले तयारी गरेको बताए ।

न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनले नै न्यायालयमा भ्रष्टाचार भएको देखाएको अवस्थामा त्यही विषयलाई बारले उठाउँदा न्यायपरिषद् बारमाथि खनिएको उनले बताए ।

आफूले दिएको अभिव्यक्तिको जिम्मेवारी लिने भन्दै उनले जुनसुकै मुद्दा खेप्न तयार रहेको स्पष्ट पारे । न्यायपरिषद्को कुनै पनि कदमले बार विचलित नहुने उनले बताएका छन् । उनले न्यायपालिका शुद्ध नभएसम्म बारको न्यायिक लडाइँ जारी रहने बताएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ६ : २५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण