नेपाली समाजलाई फेक न्युजबाट बचाऔँ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

नेपाली समाजलाई फेक न्युजबाट बचाऔँ : उपप्रधानमन्त्री सिंह


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्युजबाट जोगाउन आग्रह गरेका छन् ।

 नेपाल टेलिभिजन कर्मचारी संघको आयोजनामा दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले फेक न्युज रोक्न जिम्मेवार सञ्चारमाध्यमहरूले भूमिका खेल्नुपर्ने बताएका हुन् ।  

‘आफ्नो पेशाबाट तपाईंहरूले नेपाली समाजलाई फेक न्युजबाट होइन कि सत्य समाचारबाट सूचित गर्नुस्,’ उपप्रधानमन्त्री सिंहले भने, ‘फेक न्युजबाट नेपाली समाजलाई जोगाउन भूमिका खेल्नुस् ।’

व्यवस्था बदलिए पनि अवस्था उस्तै छ भनेर गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको भन्दै उनले व्यवस्था परिवर्तनसँगै अवस्था पनि परिवर्तन भएको जिकिर गरे । 

‘पहिला एउटा टेलिभिजन थियो, अहिले कतिवटा छ ? पहिला एउटा एयरलाइन्स थियो, अहिले कति छन् ? बैंकहरु पहिले कति थिए, अहिले कति छन् ?, सिंहले प्रश्न गरे, ‘पहिला इन्जिनियरिङ कलेज एउटा थियो, अहिले कतिवटा भइसक्यो ?,’ कोही आएर केही भनिदिए हुने ? कमन सेन्स प्रयोग गर्न नपर्ने ?’
उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैले अधिकारको कुरा गर्न पाउने भए पनि जिम्मेवारी पनि बिर्सन नहुनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  १ : १३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग