नेपाली समाजलाई फेक न्युजबाट बचाऔँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

नेपाली समाजलाई फेक न्युजबाट बचाऔँ : उपप्रधानमन्त्री सिंह


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्युजबाट जोगाउन आग्रह गरेका छन् ।

 नेपाल टेलिभिजन कर्मचारी संघको आयोजनामा दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले फेक न्युज रोक्न जिम्मेवार सञ्चारमाध्यमहरूले भूमिका खेल्नुपर्ने बताएका हुन् ।  

‘आफ्नो पेशाबाट तपाईंहरूले नेपाली समाजलाई फेक न्युजबाट होइन कि सत्य समाचारबाट सूचित गर्नुस्,’ उपप्रधानमन्त्री सिंहले भने, ‘फेक न्युजबाट नेपाली समाजलाई जोगाउन भूमिका खेल्नुस् ।’

व्यवस्था बदलिए पनि अवस्था उस्तै छ भनेर गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको भन्दै उनले व्यवस्था परिवर्तनसँगै अवस्था पनि परिवर्तन भएको जिकिर गरे । 

‘पहिला एउटा टेलिभिजन थियो, अहिले कतिवटा छ ? पहिला एउटा एयरलाइन्स थियो, अहिले कति छन् ? बैंकहरु पहिले कति थिए, अहिले कति छन् ?, सिंहले प्रश्न गरे, ‘पहिला इन्जिनियरिङ कलेज एउटा थियो, अहिले कतिवटा भइसक्यो ?,’ कोही आएर केही भनिदिए हुने ? कमन सेन्स प्रयोग गर्न नपर्ने ?’
उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैले अधिकारको कुरा गर्न पाउने भए पनि जिम्मेवारी पनि बिर्सन नहुनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  १ : १३ बजे

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा