युक्रेनविरुद्ध लड्न उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी « Khabarhub

युक्रेनविरुद्ध लड्न उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्ला केही दिनदेखि लगातार रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेनालाई मैदानमा उतार्न सक्ने समाचार आइरहेका छन् ।

तर, रुसले यी आरोपलाई अस्वीकार गर्दै आएको छ । अमेरिका नेतृत्वको उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)ले रुसको तर्फबाट १० हजार उत्तर कोरियाली सैनिक युद्धमा सामेल हुने जनाएको छ । यस्तोमा अमेरिकाले पनि उत्तर कोरियालाई चेतावनी दिएको छ ।

अमेरिकी रक्षा मुख्यालय पेन्टागनले युक्रेन युद्धमा उत्तर कोरियाले रुससँग सामेल भएमा कीभलाई अमेरिकी हतियार प्रयोग गर्न प्रतिबन्ध नलगाउने चेतावनी दिएको छ ।

पेन्टागनले नाटोको बयानपछि यो चेतावनी जारी गरेको हो । जसमा उसले रुसमा उत्तर कोरियाली सेनाको उपस्थिति पुष्टि गरेको थियो ।

नाटोका महासचिव मार्क रुटेले दक्षिण कोरियाली प्रतिनिधिमण्डलसँगको भेटपछि उक्त कुरा बताएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो घटना निकै खतरनाक भएको बताएका छन् ।

पेन्टागनले पूर्वी रुसमा १० हजार उत्तर कोरियाली सैनिकलाई तालिमका लागि तैनाथ गरेको अनुमान गरेको छ । पेन्टागनले यी सेनाको एक हिस्सा युक्रेननजिक पुगिसकेको दाबी गरेको छ ।

अर्कोतर्फ, उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सीले विदेशमन्त्री चोई सन हुईको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल सोमबार रुस प्रस्थान गरेको जनाएको छ । यद्यपी उनले यो भ्रमणको उद्देश्यबारे केही खुलाएका छैनन् ।

रुसले पूर्वी युक्रेनका दुई सहर आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ । यससँगै रुसी सेना कम्तीमा एक वर्षयताकै तीव्र गतिमा अघि बढिरहेको सङ्केत पनि छ ।

रुसले मंगलबार आफ्नो सेनाले सेलिडोभ सहर कब्जा गरेको बताएको छ । युद्ध अघि यस सहरको जनसंख्या २० हजार थियो। यो सहर कब्जा गर्न रुसले गत हप्तादेखि आक्रमणलाई तीव्र पारेको थियो। रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले आफ्नो देशको सेनाले हिरनिक सहर कब्जा गरेको बताएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  २ : २२ बजे

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज