शेयर बजारमा १४ अंकको गिरावट, कारोबार कति?  | Khabarhub Khabarhub

शेयर बजारमा १४ अंकको गिरावट, कारोबार कति? 


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.४३ अंकले घटेको छ । आज नेप्से ०.५३ प्रतिशतले घटेर २६७७.६२ विन्दुमा पुगेको हो ।
५ अर्ब ९५ करोड ३९ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर कारोबार भएको छ । 

उक्त समयमा ७५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । आज ३०५ वटा कम्पनी कारोबारमा आउँदा ५९ हजार ६९८ पटक शेयर किनबेच भएको छ। 

१३ वटा समूहमध्ये ३ वटा समूह बढेको छ भने बाँकी १० वटा समूहको शेयर मूल्य घटेको छ । होटल एण्ड टुरिजम २.५२ प्रतिशतले, निर्जीवन बीमा ०.४९ प्रतिशतले र ट्रेडिङ समूह ०.३२ प्रतिशतले बढेको हो । 

त्यस्तै, वाणिज्य बैंक ०.७२ प्रतिशतले, विकास बैंक ०.४३ प्रतिशतले, फाइनान्स १.०१ प्रतिशतले, हाइड्रोपावर ०.३३ प्रतिशतले, लगानी १.४१ प्रतिशतले, जीवन बीमा ०.९८ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.९६ प्रतिशतले, लघुवित्त ०.१४ प्रतिशतले म्युचुअल फण्ड ०.७२ प्रतिशतले र अन्य समूह ०.७४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ३ : २३ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार