शेयर बजारमा १४ अंकको गिरावट, कारोबार कति?  « Khabarhub

शेयर बजारमा १४ अंकको गिरावट, कारोबार कति? 


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.४३ अंकले घटेको छ । आज नेप्से ०.५३ प्रतिशतले घटेर २६७७.६२ विन्दुमा पुगेको हो ।
५ अर्ब ९५ करोड ३९ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर कारोबार भएको छ । 

उक्त समयमा ७५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । आज ३०५ वटा कम्पनी कारोबारमा आउँदा ५९ हजार ६९८ पटक शेयर किनबेच भएको छ। 

१३ वटा समूहमध्ये ३ वटा समूह बढेको छ भने बाँकी १० वटा समूहको शेयर मूल्य घटेको छ । होटल एण्ड टुरिजम २.५२ प्रतिशतले, निर्जीवन बीमा ०.४९ प्रतिशतले र ट्रेडिङ समूह ०.३२ प्रतिशतले बढेको हो । 

त्यस्तै, वाणिज्य बैंक ०.७२ प्रतिशतले, विकास बैंक ०.४३ प्रतिशतले, फाइनान्स १.०१ प्रतिशतले, हाइड्रोपावर ०.३३ प्रतिशतले, लगानी १.४१ प्रतिशतले, जीवन बीमा ०.९८ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.९६ प्रतिशतले, लघुवित्त ०.१४ प्रतिशतले म्युचुअल फण्ड ०.७२ प्रतिशतले र अन्य समूह ०.७४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ३ : २३ बजे

शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य

काठमाडौं– मारिकोले आफ्नो बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीमार्फत सामाजिक

विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

बागलुङ– बागलुङका विपद् सङ्कटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक