स्पेनमा आएको बाढीका कारण ५१ जनाको मृत्यु | Khabarhub Khabarhub

स्पेनमा आएको बाढीका कारण ५१ जनाको मृत्यु


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मुसलधारे वर्षाका कारण मंगलबार दक्षिणपूर्वी स्पेनका सडक र शहरहरूमा बाढी पस्दा ५१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु भएको आपतकालीन सेवा प्रदायकहरूले पुष्टि गरेका छन् ।

‘विभिन्न सुरक्षा र आपतकालीन बलहरूले सार्वजनिक गरेको प्रारम्भिक मृत्यु सङ्ख्या ५१ रहेको छ भने थुप्रै मानिसहरू सम्पर्कमा नआएकाले मृत्यु सङ्ख्या थप वृद्धि हुनसक्ने देखिएको छ,’ क्षेत्रीय आपतकालीन सेवाहरूले एक्समा जारी सन्देशमा भनिएको छ । प्रभावित क्षेत्रमा मृतकका आफन्तहरूको सहयोगमा शवहरूको पहिचान भइरहेको छ।

बाढी र डुबानका कारण कारहरू सडकमा बगेका छन् भने एउटा रेल पटरीबाट खसेको छ र घर र भवनहरूमा क्षति पुगेको छ।

सबैभन्दा बढी प्रभावित क्षेत्रका अधिकारीहरूले मानिसहरूलाई घरमै बस्न र अत्यावश्यक बाहेकका सबै यात्राबाट जोगिन सल्लाह दिएका छन्। भ्यालेन्सिया क्षेत्रमा मारिएकामा बालबालिका पनि रहेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ३ : ३५ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले