बालेनको टिप्पणी : देश डुबेको हेर्ने भए सिंहदरबार वैद्यखाना जानू | Khabarhub Khabarhub

बालेनको टिप्पणी : देश डुबेको हेर्ने भए सिंहदरबार वैद्यखाना जानू


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुनै बेलाको देशकै प्रतिष्ठित सरकारी निकाय सिंहदरबार वैद्यखाना डुब्ने अवस्थामा पुगेको छ ।

चर्चित औषधिहरू उत्पादन गरेर ख्याती कमाएको यो संस्थान उँभो लाग्नुको साटो दिनदिनै ओरालो यात्रामा छ । औषधि उत्पादन नै गर्न नसक्ने अवस्थामा पुगिसकेको यो संस्थानले बुधबार मन्त्रीसहितलाई बोलाएर एक कार्यक्रम गर्‍यो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको समेत उपस्थितिमा सिहंदरबार वैद्यखाना विकास समितिले धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस बनायो । समितिले त्यहीँ ३० औँ वार्षिकोत्सवका कार्यक्रम पनि गर्‍यो ।

कार्यक्रममा प्रमुख वक्ता थिए पछिल्लो समय स्वास्थ्य क्षेत्रमा सुधारको कोसिस गरिरहेका स्वास्थ्यमन्त्री पौडल। त्यसैगरि काठमाडौंका मेयर बालेन्द्र शाहले पनि केही मिनेटको मन्तव्य मञ्चमा उक्लिएर दिए ।

शाहले आफू बाल्यकालदेखि देखेको एउटा सरकारी संस्थान डुब्न लागेको सुन्दा दिक्क लागेको बताए ।

‘सरकारी संस्थान डुबाउन निजीकरण गरिन्छ । २०५८ मा ५ करोड बजेट भएको सिंहदरबार वैद्यखानामा अहिले एक करोड बजेट छ । अहिले जता पनि भवन छ तर औषधि उत्पादन छैन । सरकारले चलाएका उद्योग कसरी डुब्छन् भन्ने सिंहदरबार वैद्यखाना आएर हेरे पुग्छ’, उनले भने, ‘सरकार परिवर्तन भएपिच्छे यहाँका एमडी फेरिन्छन् । पहिले त ५० हजारमा पनि एमडी फेरिन्थे, अहिले पनि त्यही रोग होला यहाँ ।’

स्वास्थ्यमन्त्री पौडेल उपस्थित कार्यक्रममा उनले संघीय सरकारतिर पनि कटाक्ष गर्न भ्याएका छन् । ‘हाम्रो सरकारको रुप हेर्न सिंहदरबार वैद्यखाना जानू । यदि सिंहदरबार वैद्यखाना जोगाउन सकिँदैन, आयुर्वेद जोगाउन सकिँदैन भने देश पनि जोगाउन सकिँदैन’, उनले भने, ‘वीर अस्पताल, शिक्षण अस्पताल, नरदेवी अस्पताल र सिंहदरबार वैद्यखाना सबे डुबेका छन् । यी सबैलाई सरकारले उकास्नुपर्छ ।’

शाहले औषधि उत्पादन गर्ने संस्था घाटामा जान नसक्ने बताए । ‘औषधि उत्पादन गर्ने सरकारी संस्थान कसरी घाटामा जान सक्छ ? केही मूल्य राखेर औषधि बेच्ने संस्था घाटामा जान सम्भव छैन’, उनले भने, ‘जडीबुटी ठेक्कामा लिँदा राम्रो आउँदैन, अनि औषधि राम्रो उत्पादन हुँदैन । यहाँको औ‍षधिमा हेभी मेटलको भष्म हुन्छ भनेर हल्ला गरिन्छ । हेभी मेटल हुन्न, त्यसको भष्म चाहिँ हालिने हो । आयुर्वेदिक उपचार भनेको हाम्रो संस्कार हो ।’

उनले सम्बोधनका क्रममा स्वास्थ्य मन्त्री पौडेलको प्रशंसा गरे । ‘स्वास्थ्यमन्त्रीले राम्रो काम गर्नु हुँदैछ । अर्थ समितिका सभापति सन्तोष चालिसे पनि यहीँ भएकाले अब यो वैद्यखाना राम्ररी चल्छ, यसले अब पर्याप्त बजेट पाउँछ।’

उनले सिंहदरबार वैद्यखानालाई राम्रोसँग चलाउनुपर्ने बताए । ‘म पनि यहीँ ५/७ वर्ष खेलेर हुर्केको हुँ । कहिलेकाहीँ कम्प्लेन आउँछ छिमेकीको, चर्को धुवाँ आयो भनेर, हामी त्यसको व्यवस्थापन गर्छौँ’, उनले भने, ‘यदि सरकारले चलाउन सक्दैन भने महानगरले चालउँछ । यो देश किन डुबेको भनेर हेर्न मन छ भने विद्यार्थीहरूले सिंहदरबार वैद्यखाना हेरे पुग्छ ।’

उनले सम्बोधनका क्रममा ९० प्रतिशत सरकारी निकाय कि त लिजमा दिएर कि त निजी क्षेत्रको प्रभावमा परेर डुबाइने गरेको पनि बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ४ : ०९ बजे

‘सञ्चार गृह महिला मैत्री हुनुपर्छ’

मोरङ– सञ्चार क्षेत्रमा महिला पत्रकारको सङ्ख्या वृद्धिका लागि सञ्चार गृह

राजतन्त्र ल्याउँछु भन्नु असम्भव : उपमहासचिव पोखरल

कटारी– नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलले राजतन्त्र ल्याउँछु भन्नु

०८४ मा एक्लै भिड्ने घोषणा गरेका तीन दलले स्ववियुमै खुट्टा कमाए

काठमाडौं– आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने संघीय संसद्का तीन ठूला

युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ

एजेन्सी– रूसले साउदी अरबमा भएको वार्तापछि किएभ सहमत भएको युक्रेनमा