तिहार घरघरमा भित्रिएको छ । पशुपन्छीदेखि मानवसम्मको पूजा हुने तिहारलाई उज्यालोको पर्व मानिन्छ । जुनसुकै नाममा आउने यस्ता सांस्कृतिक पर्वले आपसी प्रेम र स्नेहलाई फलाउने फुलाउने काम गर्छन् । न जाडो, न गर्मीको याममा मनाइने तिहारको सांस्कृतिक महत्वबारे ज्यो. पं. डा. रुद्रनाथ अधिकारीसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
तिहारको यमपञ्चकसंग जोडिएको पशु, प्रकृति अनि भाइ पूजनको परम्परा यो सन्दर्भ यसलाई कसरी बुझ्ने ? तिहार मनाउने परम्परा कसरी शुरु भयो ?
यमपञ्चक भनेको यो कयौँ दृष्टिकोणबाट, व्यवहारिक दृष्टिकोणबाट सामाजिक दृष्टिकोणबाट शास्त्रीय दृष्टिकोणबाट असाध्य अनुकरणीय छ । शरद ऋतुमा विशेषगरी दुई ठूला चाडहरू मनाइन्छ । नवरात्र र शरद पूर्णिमासम्मका दिनहरूलाई हामीले पर्वका रूपमा लिन्छौँ । त्यसैगरी शरद् पूर्णिमा जुन छ, यो वर्ष दिनभरिको फुलमोन र सबभन्दा धेरै चन्द्रमाको किरण चन्द्रमाको किरणबाट अमृत वर्षा हुने दिन अथवा पूर्ण चन्द्रमा त्यसमा पनि असाध्यै धेरै शक्ति रहेको सर्जित चन्द्रमा वा कोजाग्रत पूर्णिमाको चन्द्रमाबाट अमृत वर्षा हुन्छ ।
जसलाई शास्त्रीय भाषामा महानिखि भनेर भनिन्छ । शरद रहेको यसलाई अमावस्याको दिन सबै भन्दा घोर अँध्यारो दिन भनेर भनिन्छ । अझ यसलाई महानिशाको दिन पनि भनिन्छ । महानिशा भनेको धेरै अँध्यारो हो । त्यस कारण यो कात्तिक महिनाको पहिलो दिनदेखि आकाश दीप दान गर्ने भनेर बालिने परम्परा छ ।
शास्त्रले दीपावलीलाई सुखरात्रि पनि भन्छ । किनकि यस दिन भगवान् महालक्ष्मी पृथ्वी लोकमा को कसरी बाँचेको छ, मेरो अनुष्ठान र आराधना कसरी कुन घरमा भएको छ भनेर भ्रमणमा आउने गर्नुहुन्छ । त्यसैले यस दिनमा द्वीप प्रज्वलन गर्ने गरिन्छ ।
यमपञ्चक त्रयोदशीको दिन हुन्छ । यो पनि प्रदोशकालबाट हामीहरुले यसको पूजा गर्ने विधि छ । यसको महत्त्व भनेको धनवन्तरी भगवान् जो आयुर्वेदको उपाध्यताको प्राकट्य अमृत घडा लिएर जो भगवान् विष्णुको अवतारको रूपमा समुद्र मन्थनबाट सम्पूर्ण बिरामी निको पार्ने सेतो अमृत घडा लिएर प्राकट्य रहेको आख्यान पुराणहरूमा उल्लेख गरिएको छ ।
तिहारको सांस्कृतिक र धार्मिक महिमा कस्तो छ ?
यस चाडले मृत्युका देवता यमदेव र यमुनाको कथा पनि बोकेको छ । यसमा दाजु बहिनीको प्रेम सूर्यपुत्र यमराज र पुत्री यमुनाको माया देखाइएको छ । यामदेव भनेको मृत्युका देवता हो । तर अकाल मृत्यु दुर्घटना आदिबाट आफ्नो परिवार कुलमा नहोस् भनेर जोगिन यो ५ दिन यमराज बहिनी यमुनाकोमा गएर विश्राम लिएको हुनाले यमचिन्तकहरुले यमराजलाई सोधे– तपाईँ कसको घरमा हामीले दुर्घटना वा हजुरका पासहरु लिएर जाँदा उठाएर ल्याउन नसक्ने अवस्था कस्ता छन् ।
हजुरले पठाएको ठाउँमा हामी जान्छौँ कयौँ ठाउँमा बाधा अड्चनहरू आउँछन् यसको लागि संक्षिप्तमा बताइदिनुहोस् धर्मराज यमराज जी भनेपछि यमदेवले भन्नु हुन्छ जसको घरमा मेरो लागि यो यमपञ्चको समयमा चौमुखी दियोमा घरमा चामलमा मोक्षको कामना गर्दै तीन वटा दियो दक्षिण दिसामा मलाई अर्पण गर्दछन् र जहाँ यस पाँच दिनमा विधिपूर्वक जसले दान गर्दछ । त्यस्ता घरमा तिमिहरूले गएर अकाल मृत्यु वा यमकापासहरु नलगाउनु त्यस्तो घरबाट कुनै अप्रिय घटनाहरू पुर्न आयु भएर ल्याउने त ल्याउनपर्छ । तर अल्पायु मृत्युको काल लगाएर नल्याउनु भन्नुभयो ।
यमदीप दक्षिण दिशामा नै बाल्नुपर्ने कारण के हो ?
सन्ध्याकलामा यमदीप दक्षिण दिशामा सके चौमुखी माटाको दियोमा दक्षिण पट्टिको ठाउँमा घरबाट बाहिर पट्टि घर भाडामा बसेको छ भने आफ्नो ढोकाबाट बाहिर पट्टि चौमुखी दिया राख्ने तलपट्टि जौ, गहुँ धान जे हुन्छ त्यो राखेर खाली चाहिँ नराखी त्यो माथि सानो रंगोली वा जानिन्छ भने त्यसमा यमयन्त्र बनाउने, भएन भने पनि एउटा टपरी दुनामा अन्न राखेर बाल्ने गर्नुपर्छ । तर घरको घटमा गएर कहिले पनि यमदीप नगर्ने यो घरको बाहिर नै हुनुपर्छ । सकेसम्म घरको भित्र यमदीप दान गर्नु हुँदैन ।
यो पाँच दिनमा यमले एकै छिनमा असाध्यै धेरै प्राणीहरूको प्राणहरण गर्नुपर्ने ड्यूटी दिएको छ । एक मिनेट आँखा पलक छपक गर्दा लाखौं हजारौँ मृत्युहरू ग्रहण गर्न आफ्ना बासलाई पढाउनुपर्ने छ । यस्तो जिम्मेवार यमराजले मलाई पनि थोरै विश्राम चाहिन्छ भगवान् भनेर भगवानलाई भन्नुभयो र भगवानले तिमी कहाँ गएर विश्राम गर्छौँ भनेर भगवानले प्रश्न गर्नुभयो । त्यसपछि यमराजले भन्नुभयो– मेरी बहिनी यमुना जसलाई मैले असाध्यै धेरै माया गर्छु , जसलाई लामो समयदेखि देख्न सकेको छैन । यसकोमा गएर ५ दिन बिताउन चाहन्छु भन्नुभयो र भगवानले हुन्छ जाऊ भन्नुभयो ।
त्यहाँ बहिनीले दाजुलाई गर्नुपर्ने प्रेम सेवा व्यञ्जनहरूको परिकार खुवाएको र दाजुले उपहारहरू लिएर गएको बेला यमराजले के माग्छौँ बहिनी माग भनेपछि बहिनी संसारमा यो ५ दिनमा कोही चेलीबेटीले नारीले आफ्नो दाजुभाइको मृत्यु नहोस् भनेर मागिन् र यमराजले तथास्तु भनेर भन्नु भएको यमदेव र यमुनाको संवादमा जुन यो ५ दिनमा जसले दीपदान गर्दछ र आफ्नी बहिनीको घरको अनाज खान्छ, दिदीबहिनीप्रति जसले अथाह प्रेम र श्रद्धा गर्छ । यस्तो घरमा यस्ता कुनै अकाल मृत्युको भए हुने छैन भनेको पाइन्छ ।
सुरुवातको सन्दर्भ चाहिँ हामी ढुङ्गेयुगबाट अथवा पशुयुगबाट अथवा यो कृषि युगतिर प्रवेश गर्दै गर्दाखेरि त्यहाँबाट चल्दै आएको हो ? किन तिहारमा काग कुकुर, गाई गोरुको पूजा गर्छौँ हामी ?
अब यसलाई हामीले यो वैज्ञानिक ढंगबाट र हाम्रो आफ्नै विश्लेषण गर्दा मानव सभ्यता यहाँबाट सुरु भएर आएको हुन सक्ला भन्ने अन्दाज गर्न सकिन्छ । यसको तात्त्विक कुरा गर्दा कागको पूजा गर्नु भनेको यमको सन्देशवाहक हो काग ।
त्यो बेला अहिलेका जस्तो फोन प्रविधिहरू थिएन । त्यो बेला कागले केही समय पहिला नै मृत्युको सूचना लिएर कागलाई पठाउनु हुन्थ्यो, त्यसैले कागको पूजा हुन्छ ।
कुकुर यमदेवको द्वारपाल हो । यमका अनुचरहरू डरलाग्दा छन् । क्रोधित आज्ञाकारी पनि छन् । त्यसमा कुकुर असाध्यै आज्ञाकारी यमको द्वारपालको रूपमा रहने भएकोले पूजा गरिन्छ । नरक चतुर्दशी भनेर आत्माले नरकको यातना सहन नसकोस् भनेर नरक चतुर्दशीको लागि दीप दान गरिन्छ । राति जलाशयमा दीपदान गरिनेछ ।
गाइलाई हाम्रो वेदले धेरै पुजेका छन् । लक्ष्मीका एउटा नाम सुरभि पनि छ । सुरभि भनेको गाई हुन् । यसरी गाईलाई पूजा गरिन्छ । अन्नपूर्णको पूजा गरिन्छ, अन्न दान गरिन्छ ।
गोरुको पूजा गरिन्छ र पाँचौँ दिन भाइपूजामा पनि यमको पूजा गरेर यम बली दिएर त्यही पूजा गरेको तेलले भाइलाई छेकेर मृत्युबाट जोगाउने चलन छ ।
प्रतिक्रिया