जनसचेतन साकोसको कुल पुँजी २ अर्ब ५४ करोड नाघ्यो  « Khabarhub

जनसचेतन साकोसको कुल पुँजी २ अर्ब ५४ करोड नाघ्यो 


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३१औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।

साधारणसभा संस्थाका कार्यवाहक अध्यक्ष गोपालध्वज श्रेष्ठको अध्यक्षयता तथा जिल्ला बचत संघ दोलखाका अध्यक्ष भूमिराज खड्काको प्रमुख आतिथ्यतामा बुधबार संस्थाको कार्यालय मैनापोखरीमा सम्पन्न भएको थियो ।

साधारणसभामा संस्थाको आर्थिक वर्ष २०८०/८१ को  कुल दायित्व तथा नीति तथा कार्यक्रम र आम्दानी/खर्चको प्रतिवेदन संस्थाका कार्यवाहक अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेका थिए ।

संस्थाको आर्थिक वर्ष २०८०/०८१ असार मसान्तसम्मको आयव्यय प्रतिवेदन अनुसार संस्थाको कुल दायित्व कुल पुँजी २ अर्ब  ५४ करोड ९४ लाख ४० हजार चार सय १५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको शेयर पुँजी १५ करोड ९३ लाख १ हजार ४ सय रहेको छ भने, जगेडा तथा अन्य कोष तर्फ २० करोड ३२ लाख ४१ हजार, बचत निक्षेप १ अर्ब ९५ करोड २६ लाख ९६ हजार रहेको छ भने, शेयर तथा अन्य लगानी हिसाब ३ करोड १८ लाख ७७ हजार रहेको संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

१७ वटा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको संस्थाको स्थिर सम्पत्ति ५ करोड ४२ लाख ६ हजार बराबरको रहेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । ३८ हजार ६ सय ३५ जना सदस्य आबद्ध रहेको संस्थाले १ अर्ब ६८ करोड ९५ लाख २९ हजार सदस्यमा ऋण लगानी गरेको संस्थाका कार्यकारी अधिकृत नवराज दाहालले बताए ।

त्यस्तै भाका नाघेको ऋण १९ दशमलव १५ प्रतिशत रहेको दाहालले बताए । संस्थामा हाल एक वर्ष भन्दा बढी भाका नाघेको ऋण २९ करोड २ लाख ४८ हजार रहेको छ ।

संस्थाले भाका नाघेको र असल ऋणको लागि ऋण जोखिम कोषको व्यवस्था गरी ८ करोड २६ लाख ६३ हजार राखेको छ ।

त्यसैगरी गत वर्षको तुलनामा संस्थाको आम्दानी तथा खर्च पनि घटेको छ।आम्दानी १५ दशमलव १५ प्रतिशतले र ११ दशमलव ६७ प्रतिशतले खर्च घटेको पाइएको छ ।

त्यसैगरी संस्थाले साधारणसभाको अवसर पारेर विभिन्न विधामा आफ्ना शेयर तथा बाल सदस्यहरूलाई नगदसहित सम्मान र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।साधारण सभा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कार्यवाहक अध्यक्ष श्रेष्ठले जनसचेतन साकोसले चालु वर्ष २०८१ लाई ऋण असुली वर्षको रूपमा लिने बताएका छन् ।

त्यसैगरी संस्थाले जसचेतन आजीवन साहारा अन्तर्गत ७५ वर्ष माथिका वृद्ध सदस्यहरूलाई मासिक ५ सय भत्ता उपलब्ध गराउँदै  आएको छ भने, ज्येष्ठ सदस्यहरूलाई तिर्थ अवलोकन भ्रमण लाने गरेको छ। त्यसैगरी संस्थाले जनसचेतनसँग कृषक कार्यक्रम, सुत्केरी भेटघाट कार्यक्रम, वृक्षरोपण, सुत्केरी भेटघाट,वातावरण संरक्षण सरसफाइ, उद्यमी उत्पादन लगायतको क्षेत्रमासमेत लगानी गर्दै आएको संस्थाले जनाएको छ।

– सुबास बस्नेत

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ६ : १९ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको