रातो कार्डले निलम्बित रेखाको स्थानमा खेल्दैछिन् सरु « Khabarhub

रातो कार्डले निलम्बित रेखाको स्थानमा खेल्दैछिन् सरु


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साफ महिला च्याम्पियनसिपको फाइनलखेलमा नेपालले बंगलादेशविरुद्ध अहिले खेलिरहेको छ ।

जारी प्रतियोगिताकी हाई स्कोरर रेखा पौडेल भने फाइनल भिडन्तमा मैदानमा देखिएकी छैनन् ।

रेखा पौडेलले भारतविरुद्धको सेमिफाइनल भिडन्तमा रातो कार्ड पाएको करणले यो खेल गुमाएकी हुन् । उनको स्थानमा नेपालले मिडफिल्डर सरु लिम्बुलाई उतारेको छ ।

साँझ साढे ६ बजेदेखि काठमाडौंस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि कप्तान समेत रहेकी गोलकिपर अन्जिला सुब्बा मैदानमा छिन् ।

पूजा राना, बिमला विक, अमृता जोशी, रेनुका नगरकोटी, सरु लिम्बु, सावित्रा भण्डारी साम्बा, गीता राना, प्रीती राई सबिता राना मगर र अमिषा कार्की पनि मैदानमा छन् ।

नेपालले अहिलेसम्म साफका ५ फाइनल खेले पनि उपाधि जित्न नसकेकाले यस पटक घरेलु मैदानमा उपाधि जित्ने अवसर छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ६ : ५२ बजे

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड