गोल खाएको तीन मिनेटमै बराबरी गर्न सफल भयो नेपाल « Khabarhub

गोल खाएको तीन मिनेटमै बराबरी गर्न सफल भयो नेपाल


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पहिलो उपाधिको खोजीमा रहेको नेपालले बङ्गलादेशविरुद्धको फाइनल भिडन्तमा पछि परेलगत्तै गोल गरेको छ।

पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफको सातौँ मिनेटमा गोल खाएको नेपालले त्यसको तीन मिनेटमै बराबरी गर्न सफल भएको हो ।

नेपालका लागि काउन्टर एट्याकका क्रममा अमिषा कार्कीले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भएकी हुन् । यसअघि दोस्रो हाफको सातौँ मिनेटमा बंगलादेशले गोल गर्दै अग्रता बनाएको थियो ।

पहिलो हाफमा नेपाल र बङ्गलादेश दुवैले गोल गर्ने केही अवसर पाएपनि गोल गर्न सकेका थिएनन् ।

साफ फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायतका विशिष्ट व्यक्तिहरू रङ्गशाला पुगेका छन् ।

साँझ साढे ६ बजेदेखि काठमाडौंस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि कप्तान समेत रहेकी गोलकिपर अन्जिला सुब्बा मैदानमा छिन् ।

नेपालबाट पूजा राना, बिमला विक, अमृता जोशी, रेनुका नगरकोटी, सरु लिम्बु, सावित्रा भण्डारी साम्बा, गीता राना, प्रीती राई सबिता राना मगर र अमिषा कार्की मैदानमा छन् ।

नेपालले अहिलेसम्म साफका ५ फाइनल खेले पनि उपाधि जित्न नसकेकाले यस पटक घरेलु मैदानमा उपाधि जित्ने अवसर छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ७ : ४५ बजे

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज