गोल खाएको तीन मिनेटमै बराबरी गर्न सफल भयो नेपाल « Khabarhub

गोल खाएको तीन मिनेटमै बराबरी गर्न सफल भयो नेपाल


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पहिलो उपाधिको खोजीमा रहेको नेपालले बङ्गलादेशविरुद्धको फाइनल भिडन्तमा पछि परेलगत्तै गोल गरेको छ।

पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफको सातौँ मिनेटमा गोल खाएको नेपालले त्यसको तीन मिनेटमै बराबरी गर्न सफल भएको हो ।

नेपालका लागि काउन्टर एट्याकका क्रममा अमिषा कार्कीले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भएकी हुन् । यसअघि दोस्रो हाफको सातौँ मिनेटमा बंगलादेशले गोल गर्दै अग्रता बनाएको थियो ।

पहिलो हाफमा नेपाल र बङ्गलादेश दुवैले गोल गर्ने केही अवसर पाएपनि गोल गर्न सकेका थिएनन् ।

साफ फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायतका विशिष्ट व्यक्तिहरू रङ्गशाला पुगेका छन् ।

साँझ साढे ६ बजेदेखि काठमाडौंस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि कप्तान समेत रहेकी गोलकिपर अन्जिला सुब्बा मैदानमा छिन् ।

नेपालबाट पूजा राना, बिमला विक, अमृता जोशी, रेनुका नगरकोटी, सरु लिम्बु, सावित्रा भण्डारी साम्बा, गीता राना, प्रीती राई सबिता राना मगर र अमिषा कार्की मैदानमा छन् ।

नेपालले अहिलेसम्म साफका ५ फाइनल खेले पनि उपाधि जित्न नसकेकाले यस पटक घरेलु मैदानमा उपाधि जित्ने अवसर छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ७ : ४५ बजे

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल

प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख

काठमाडौं– अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य

दोहोरो कर प्रक्रियाले व्यावसायिक किसान मारमा

भोजपुर– फार्म दर्ता गरी व्यावसायिक रूपमा कृषि व्यवसायमा संलग्न भोजपुरका

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं – नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज

दुई फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र