डोल्पाको लिकु स्वास्थ्य संस्था पोषणमैत्री घोषित « Khabarhub

डोल्पाको लिकु स्वास्थ्य संस्था पोषणमैत्री घोषित


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

डोल्पा– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १० स्थित लिकु स्वास्थ चौकीलाई पोषणमैत्री स्वास्थ संस्था घोषणा गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालय डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा र विश्व खाद्य कार्यक्रम ‘एमडीआई नेपाल’ले विभिन्न सूचकको आधारमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो ।

आफ्नो क्षेत्र भित्र पर्ने ६ महिना देखि ५९ महिना भित्रका बालबालिकालाई वर्षमा २ पटक भिटामिन ‘ए क्याप्सुल’ ९० प्रतिशत भन्दा बढी वितरण गरेको र १२ देखि ५९ महिनाका बालबालिकाहरूले जुकाको औषधि वर्षमा दुई पटक ९० प्रतिशत भन्दा बढी पाएको लगायतका सूचक पुरा गरेपछि पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिए ।

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिए पनि बालबालिकाहरुमा पोषणको कमी आउन नदिन कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले बताए ।

बालबालिकालाई पोषणमा कमी आउन नदिन विश्व खाद्य कार्यक्रम तथा एमडीआई नेपालले बाल स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत डोल्पाका विभिन्न स्वास्थ्य संस्थाहरुबाट पोषणयुक्त पिठो वितरण गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ६ : २५ बजे

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा डा. परियार नियुक्त

काठमाडौं– निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. जितेन्द्र परियार नियुक्त

वैदेशिक रोजगार विभागमा उजुरी व्यवस्थापन प्रणाली सुरु, अब फाइल बोकेर हिँड्नु नपर्ने

काठमाडौं– श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको निरीक्षण तथा अनुगमन

जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता

काठमाडौं– विभिन्न हिन्दुवादी सङ्घसंस्था आबद्ध युवाहरूले जनकपुरधामस्थित जानकी मन्दिर परिसर

कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो

काठमाडौं– कीर्तिपुरको चाँदनीचोकमा कारमा रोकिराखेको कारमा आगलागी भएको छ । घटनामा

दूध उत्पादनमा आत्मनिर्भर बन्दै सुदूरपश्चिम

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख छ । तर