चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ | Khabarhub Khabarhub

चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा विस्फोटक पदार्थ राखेर सर्वसाधारणलाई आतंकित बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मधुमल्लाका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका वडा नम्बर ६ शिवालय टोलका २० वर्षीय धिरज माझी रहेका छन्।

राजकुमारलाई उर्लाबारी नगरपालिका– ७ र धिरजलाई पथरी शनिश्चरे नगरपालिका– १ जाँते रोडबाट पक्राउ गरिएको झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले बताए।

बुधबार पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत झापामा शुक्रबार विस्फोटक पदार्थ सम्बन्धी कसुरमा तीन दिन थुनामा राख्ने अनुमति लिइएको छ ।

गत भदौ २८ गते विर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित शमशेर एन्ड गंगादेवी टी–स्टेट प्रालिको पश्चिम पर्खालनजिकै विस्फोटक पदार्थ फेला परेको थियो।

विस्फोटक पदार्थ राखेको ठाउँमा गिरीबन्धु टी–स्टेटको जग्गा कब्जा किन ?, नेकपा (माओवादी) पूर्वकेन्द्रीय कमाण्ड लेखिएको पर्चा एक थान फेला परेको थियो।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान थालिएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १० : १२ बजे

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन