चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ « Khabarhub

चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा विस्फोटक पदार्थ राखेर सर्वसाधारणलाई आतंकित बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मधुमल्लाका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका वडा नम्बर ६ शिवालय टोलका २० वर्षीय धिरज माझी रहेका छन्।

राजकुमारलाई उर्लाबारी नगरपालिका– ७ र धिरजलाई पथरी शनिश्चरे नगरपालिका– १ जाँते रोडबाट पक्राउ गरिएको झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले बताए।

बुधबार पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत झापामा शुक्रबार विस्फोटक पदार्थ सम्बन्धी कसुरमा तीन दिन थुनामा राख्ने अनुमति लिइएको छ ।

गत भदौ २८ गते विर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित शमशेर एन्ड गंगादेवी टी–स्टेट प्रालिको पश्चिम पर्खालनजिकै विस्फोटक पदार्थ फेला परेको थियो।

विस्फोटक पदार्थ राखेको ठाउँमा गिरीबन्धु टी–स्टेटको जग्गा कब्जा किन ?, नेकपा (माओवादी) पूर्वकेन्द्रीय कमाण्ड लेखिएको पर्चा एक थान फेला परेको थियो।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान थालिएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १० : १२ बजे

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित