विराटनगर किङ्सविरुद्ध जनकपुर बोल्ट्स बलिङमा « Khabarhub

एनपीएल क्रिकेट

विराटनगर किङ्सविरुद्ध जनकपुर बोल्ट्स बलिङमा


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सुरु भएको एनपीएलको उद्घाटन खेलमा अहिले जनकपुर बोल्ट्स र विराटनगर किङ्स आमन्नेसामन्ने छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर जनकपुरले बलिङ रोजेपछि विराटनगरले व्याटिङ सुरु गरेको छ ।

जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । टोलीको नेतृत्व भने राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर अनिल साहले गरिरहेका छन् ।

मार्की खेलाडी आसिफ र कप्तान अनिलसँगै जनकपुर बोल्ट्ससँग स्पीनर ललित राजवंशी, रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् ।

जनकपुरले एनपीएलको उपाधि जित्ने लक्ष्यका साथ न्यूजिल्यान्डका चर्चित खेलाडीदेखि पाकिस्तान र अमेरिकाका अनुभवी खेलाडीलाई भित्र्याएको छ ।

जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्दै आएका श्रीलंकाली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इंग्ल्याण्डका अलराउण्डर बेन माइक छन् ।

उता मार्की खेलाडीसमेत रहेको सन्दीप लामिछानेले विराटनगर किङ्सको कप्तानी सम्हालेका छन् । उनी विश्वभरका फ्रेन्चाइज लिगकोे अनुभव बटुलेका खेलाडीमा पर्छन् ।

कप्तान लामिछानेसँगै विराटनगरका लागि लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ खेलिरहेका छन् ।

विराटनगरले ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन, स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलमलाई टिममा समेटेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १२ : ३० बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले