ढोकामा समेत यात्रु झुण्ड्याएको बस अर्को गाडीमा ठोक्किँदा हताहती, स्थिति तनावग्रस्त (तस्बिरहरू) « Khabarhub

तारकेश्वर दुर्घटना

ढोकामा समेत यात्रु झुण्ड्याएको बस अर्को गाडीमा ठोक्किँदा हताहती, स्थिति तनावग्रस्त (तस्बिरहरू)


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तारकेश्वरको काभ्रेस्थलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ ।

ढोकामा समेत यात्रु झुण्ड्याएर तारकेश्वर काभ्रेस्थलीबाट रत्नपार्कतर्फ छुटेको बा ४ ख ७१११ को बस तारकेश्वर ८ लामबगरमा रोकिराखेको बा ३ क १६६६ नम्बरको गाडीमा बिहान करिब ७ बजेतिर ठोक्किएको थियो ।

बस ठोक्किएपछि ढोकामै झुण्डिन लगाएर यात्रा गर्न बाध्य पारिएका दुई यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । घाइते एक जनालाई हस्पिटल लगिएको छ।

अहिले घटनास्थलको स्थिति नियन्त्रणमा रहेको र गाडीलाई प्रहरीले स्कर्टिङ गरी बालाजु चौकी पुर्‍याएको छ ।

काठमाडौं उपत्यकाको उत्तरी क्षेत्रतर्फको २३ नम्बर रूट नेपालकै सार्वजनिक यातायात क्षेत्रमा सबैभन्दा बदनाम छ ।

यातायात व्यवसायीहरूले मिलेमतो गरी निकै कम गाडी चलाउने, बसमा खाँदाखाँद गरी यात्रु कोच्ने, कार्यालय समयमा रूटको गाडीलाई निजी विद्यालय र कम्पनीका विद्यार्थी/स्टाफ ओसार्न लैजाने, यात्रुलाई स्टपमै अलपत्र पार्ने, जेष्ठ नागरिक/अपाङ्गता भएका र विद्यार्थीलाई भाडा सहुलियत नै नदिने, यात्रुलाई दूर्व्यवहार गर्ने लगायत समस्या सो रूटमा यथावत्‌ छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १ : ४८ बजे

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट