ढोकामा समेत यात्रु झुण्ड्याएको बस अर्को गाडीमा ठोक्किँदा हताहती, स्थिति तनावग्रस्त (तस्बिरहरू) « Khabarhub

तारकेश्वर दुर्घटना

ढोकामा समेत यात्रु झुण्ड्याएको बस अर्को गाडीमा ठोक्किँदा हताहती, स्थिति तनावग्रस्त (तस्बिरहरू)


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तारकेश्वरको काभ्रेस्थलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ ।

ढोकामा समेत यात्रु झुण्ड्याएर तारकेश्वर काभ्रेस्थलीबाट रत्नपार्कतर्फ छुटेको बा ४ ख ७१११ को बस तारकेश्वर ८ लामबगरमा रोकिराखेको बा ३ क १६६६ नम्बरको गाडीमा बिहान करिब ७ बजेतिर ठोक्किएको थियो ।

बस ठोक्किएपछि ढोकामै झुण्डिन लगाएर यात्रा गर्न बाध्य पारिएका दुई यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । घाइते एक जनालाई हस्पिटल लगिएको छ।

अहिले घटनास्थलको स्थिति नियन्त्रणमा रहेको र गाडीलाई प्रहरीले स्कर्टिङ गरी बालाजु चौकी पुर्‍याएको छ ।

काठमाडौं उपत्यकाको उत्तरी क्षेत्रतर्फको २३ नम्बर रूट नेपालकै सार्वजनिक यातायात क्षेत्रमा सबैभन्दा बदनाम छ ।

यातायात व्यवसायीहरूले मिलेमतो गरी निकै कम गाडी चलाउने, बसमा खाँदाखाँद गरी यात्रु कोच्ने, कार्यालय समयमा रूटको गाडीलाई निजी विद्यालय र कम्पनीका विद्यार्थी/स्टाफ ओसार्न लैजाने, यात्रुलाई स्टपमै अलपत्र पार्ने, जेष्ठ नागरिक/अपाङ्गता भएका र विद्यार्थीलाई भाडा सहुलियत नै नदिने, यात्रुलाई दूर्व्यवहार गर्ने लगायत समस्या सो रूटमा यथावत्‌ छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १ : ४८ बजे

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका