एनपीएल : जनकपुर बोल्ट्सको विजयी सुरुवात « Khabarhub

एनपीएल : जनकपुर बोल्ट्सको विजयी सुरुवात


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा विराटनगर किङ्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको हो ।

टस हारेर आमन्त्रणमा ब्याटिङ पाएको विराटनगर किङ्सले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव ३ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको छ । सुरुवातमै ओपनर ब्याट्सम्यान गुमाएको जनकपुर बोल्ट्सको पारीलाई लाहिरु मिलन्था र हर्ष ठाकरले लयमा फर्काएका थिए ।

जनकपुर बोल्ट्सका ओपनर ब्याट्सम्यान आसिप शेख पहिलो ओभरको चौथो बलमा बोल्ड भएका थिए । उनलाई विराटनगर किङ्सका क्रिस सोल बिना कुनै रनमा पभेलियन फर्काउन सफल भएका थिए ।

जनकपुर बोल्ट्सले दोस्रो ओभरमा अर्का ओपनर तथा कप्तान अनिल शाहलाई गुमाउनु परेको थियो । उनलाई विराटनगर किङ्सका बलर प्रतिश जीसीले बोल्ड गरेका थिए । अनिल ४ बलमा ५ रन बनाएर फभेलियन फर्किनु परेको थियो ।

जनकपुर बोल्ट्सको सुरुवाती चरणमै धरमराएको पारी सम्हाल्ने क्रममा लाहिरु मिलन्थाले ७५ रन बनाए । यस्तै हर्ष ठाकरले २९ रन जोड्दा विराटनगर किङ्स पराजित हुन पुग्यो ।

यसअघि आमन्त्रणमा ब्याटिङ पाएको विराटनगर किङ्स १९ ओभरमा १२७ रन जोड्दा अल आउट भएको थियो । उसका लागि मार्टिन गप्टिलले ४३ रनमा ७ चौका र १ छक्कासहित ५५ रन बनाएका थिए । विराटनगरका लागि अकिब इलियासले १५ रन जोड्दा बसिर अहमद, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले समान ७–७ रनको योगदान पुर्‍याएका थिए ।

जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले विराटनगर किङ्सका तीन विकेट लिँदा हर्ष ठाकर र किशोर महतोले समान २–२ विकेट लिएका थिए । यस्तै बेन माइक र मोहम्मद मोहसिनले विराटनगर किङ्सका समान १–१ विकेट लिएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ३ : ३४ बजे

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अमेरिकाले दियो स्वीकृति

एजेन्सी– अमेरिकाले रुसको बढ्दो हवाई आक्रमणबाट जोगिन युक्रेनलाई २ अर्ब