चियाखेती प्रवर्द्धनमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

चियाखेती प्रवर्द्धनमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दमक – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चियाको बजार प्रशस्त भए पनि लक्ष्यअनुसार बजार प्रवर्द्धन गर्न नसकिएको बताएका छन् ।

झापाको दमकमा माङमालुङ चिया बगान लिमिटेड प्रालि माङ्सेबुङ गाउँपालिका¬–६ चिसापानी पञ्चमी, इलामको २८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले नेपाली चिया गुणस्तरीय भए पनि अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन नसक्दा कतिपय चिया उद्योगहरू धराशयी बन्न पुगेको बताए।

उनले भने, ‘चियाको प्रशस्त बजार भए पनि हाम्रो चियाले त्यसको फाइदा लिन सकिएको छैन, त्यसमा उद्योगीहरूको ध्यान जानुपर्छ ।’

नेपालमा चियाखेतीको एक सय ७५ वर्ष लामो इतिहास भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले स्वदेश मात्र नभई विश्व बजारसम्म चियाको बजार प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। कोशी प्रदेशका चिया उद्योगले देशकै चिया उत्पादनको करिब ९० प्रतिशत हिस्सा ओगटेको उनको भनाइ थियो ।

चियाले चिनिएको यस प्रदेशलाई अब चियाको बजार खोज्ने मात्र नभएर आफ्नो ब्रान्ड स्थापित गर्नेतर्फ पनि उद्योगीहरूको ध्यान जानुपर्नेमा उनले जोड दिए।

मुख्यमन्त्री कार्कीले चियाको बजारीकरणमा टेवा पुर्‍याउन प्रदेश सरकारले चियाकै राजधानी इलाममा आउँदो वैशाखतिर अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलन गर्न लागिएको जानकारी दिए।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ७ : ४४ बजे

भोलि सर्लाही-४ जाँदैछु, मनमा धेरै उत्साह छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेस सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने

एकै दिन दुई हजार एक सय जना एमालेमा प्रवेश

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई

रास्वपाकै शीर्ष तहबाट एकता भंग भएको हो : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा

एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत

काठमाडौं- शेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्

विराटनगरमा दुई खाद्य उद्योगविरुद्ध मुद्दा

काठमाडौं – विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून