चियाखेती प्रवर्द्धनमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

चियाखेती प्रवर्द्धनमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दमक – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चियाको बजार प्रशस्त भए पनि लक्ष्यअनुसार बजार प्रवर्द्धन गर्न नसकिएको बताएका छन् ।

झापाको दमकमा माङमालुङ चिया बगान लिमिटेड प्रालि माङ्सेबुङ गाउँपालिका¬–६ चिसापानी पञ्चमी, इलामको २८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले नेपाली चिया गुणस्तरीय भए पनि अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन नसक्दा कतिपय चिया उद्योगहरू धराशयी बन्न पुगेको बताए।

उनले भने, ‘चियाको प्रशस्त बजार भए पनि हाम्रो चियाले त्यसको फाइदा लिन सकिएको छैन, त्यसमा उद्योगीहरूको ध्यान जानुपर्छ ।’

नेपालमा चियाखेतीको एक सय ७५ वर्ष लामो इतिहास भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले स्वदेश मात्र नभई विश्व बजारसम्म चियाको बजार प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। कोशी प्रदेशका चिया उद्योगले देशकै चिया उत्पादनको करिब ९० प्रतिशत हिस्सा ओगटेको उनको भनाइ थियो ।

चियाले चिनिएको यस प्रदेशलाई अब चियाको बजार खोज्ने मात्र नभएर आफ्नो ब्रान्ड स्थापित गर्नेतर्फ पनि उद्योगीहरूको ध्यान जानुपर्नेमा उनले जोड दिए।

मुख्यमन्त्री कार्कीले चियाको बजारीकरणमा टेवा पुर्‍याउन प्रदेश सरकारले चियाकै राजधानी इलाममा आउँदो वैशाखतिर अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलन गर्न लागिएको जानकारी दिए।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ७ : ४४ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा