कोशी टप्पु र मध्यवर्ती क्षेत्रको संरक्षणमा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह | Khabarhub Khabarhub

कोशी टप्पु र मध्यवर्ती क्षेत्रको संरक्षणमा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कोशी टप्पु वन्यजन्तु आरक्ष तथा मध्यवर्ती क्षेत्रमा पर्यटकीय विकास तथा जैविक विविधता संरक्षणका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

सप्तरीको कञ्चनरूप नगरपालिकाको पथरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको निरीक्षणपछि मुख्यमन्त्री सिंहले आरक्ष तथा मध्यवर्ती क्षेत्रमा वन्यजन्तु संरक्षणसँगै पर्यटकीय पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ जानकारी दिए ।

उनले आरक्षको पश्चिमी भेग (मधेश प्रदेश) मा रहेका अर्ना, दुई गैँडा, दुई हात्ती, हाँसका विभिन्न जात, लालसर, बकुल्ला, गरूड, सारसलगायत पानी चराहाँसको संरक्षणबाट आरक्ष तथा मध्यवर्ती क्षेत्रमा ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने र त्यसबाट स्थानीय समुदायको जीविकोपार्जनमा मद्दत पुग्ने उल्लेख गरे ।

आरक्ष तथा मध्यवर्ती क्षेत्रको संरक्षण तथा विकासमा जुट्न आरक्ष कर्मचारीहरूलाई निर्देशन दिँदै कोशीटप्पु वन्यजन्तु आरक्ष तथा मध्यवर्ती क्षेत्रमा वन्यजन्तु उद्धार केन्द्र निर्माण, पर्यापर्यटन विकास एवम् जीविकोपार्जन सुधार व्यवस्थापनका विषयमा प्रदेश सरकारले विभिन्न निकायसँग सहकार्य गर्ने बताए ।

आरक्षको वन्यजन्तु उद्धार केन्द्रमा चितवन राष्ट्रिय निकुञ्जबाट चार वर्षकी पुष्पा र तीन वर्षकी अञ्जली नामका दुईवटा एकसिङ्गे गैँडा ल्याइएको छ । गत वर्ष असोजमा ल्याइएका दुवै गैँडाका लागि उद्धार केन्द्र वरपरको तीन हेक्टर क्षेत्रफलमा चरन क्षेत्र बनाइएको बताउँदै त्रियुगा नदीको नजिकको यो ठाउँमा गैँडालाई पानी खुवाउने र आहाल खेल्नसक्ने व्यवस्था गरिएको उनले बताए ।

गैँडा चरणका लागि क्षेत्रफल थप गरी घाँसेमैदान विस्तार तथा विभिन्न प्रजातिअनुसार संरचना निर्माण आवश्यक रहेको बताउँदै आरक्षमा खोरलगायत संरचात्मक कार्य भएपछि बाघ व्यवस्थापन हुनसक्ने र त्यसबाट गैँडासँगै बाघका लागि पनि टप्पु क्षेत्रमा जङ्गल सफारी आरम्भ भई त्यस क्षेत्रको पर्यापर्यटनले गति लिने मध्यवर्ती क्षेत्रका बासिन्दाको भनाइ छ ।

विसं २०३२ मा स्थापना भएको नेपालको एकमात्र वन्यजन्तु आरक्ष रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको एक सय ७५ किलोमिटर वर्गकिलोमिटरमा एक सय ७३ वर्ग किलोमिटर थप गरी मध्यवर्ती क्षेत्र घोषणा भएको थियो । मध्यवर्ती क्षेत्रमा सुनसरी र उदयपुरसँगै मधेश प्रदेशको सप्तरी जिल्लामा पनि पर्छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ९ : ५३ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको

पूर्व डीआईजी जोशी अदालतमा उपस्थित, न्यायाधीश खरेलको इजलासमा पेसी

काठमाडौं- काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अचलन प्रकरणमा पूर्वडीआईजी छविलाल

सुप्रिम सहकारी ठगीमा रविविरुद्ध मुद्दा दर्ता हुँदै

रुपन्देही– जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आज बुटवलस्थित सुप्रिम सहकारी

किवीका बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी

डडेल्धुरा– किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका–२ का लक्ष्मण थापामगरले

बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन बोलाउने तयारी

हेटौँडा– बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन यही माघ १० गतेदेखि बस्ने