अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन « Khabarhub

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। कार्टर फाउन्डेसनले जनाए अनुसार आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा उनको निधन भएको हो।

आइतबार पारिवारिक सदस्यको जमघट भएको समयमा उनको निधन भएको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले उनको निधनपछि शोक वक्तव्य जारी गर्दै उनकी प्रिय साथी तथा असाधारण नेता भएको बताएका छन्। यसैगरी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पनि अमेरिकाका एक असाधारण नेताको रूपमा कार्टरलाई सबैले सम्झने बताए।

सन् १९७७ देखि १९८१सम्म राष्ट्रपति भएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति समेत हुन्। राजनीतिमा प्रवेश गर्नु अघि उनी सामान्य किसान तथा अमेरिकी जल सेनाका लेफ्टिनेन्ट थिए। यसअघि उनकी श्रीमती रोसलायन कार्टरको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो। अमेरिकी इतिहासमा सबैभन्दा लामो समयको जोडीको रूपमा समेत उनीहरूको कीर्तिमान थियो। उनीहरू ७५ वर्ष एकै साथ रहेका थिए।

गत वर्ष छालाको क्यान्सर भएपछि उनी घरमा आराम गरिरहेका थिए। रोग कलेजो र मस्तिष्कमा समेत फैलिएको थियो।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र उपराष्ट्रपति कमला ह्यारिसले पनि उनको निधनमा शोक व्यक्त गरेका छन्। बेलायती राजा र्चाल्सले उनको निधनमा शोक व्यक्त गरेका छन्। ह्यारिसले अहिले अमेरिका संसारकै सबै भन्दा राम्रो स्थान हुनुमा कार्टरको योगदान रहेको चर्चा गरिन्। बाराक ओबामाले उनको निधनमा शोक व्यक्त गर्दै विशेष सम्झना गरेका छन्। संसारमा शान्ति स्थापनाका लागि गरेको अथक प्रयासका लागि सन् २००२ मा नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो। नेपालको शान्ति प्रक्रियामासमेत कार्टरको विशोष योगदान रहेको छ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ६ : १९ बजे

युद्धको घेरामा मध्यपूर्व, विश्वभर चिन्ता

पेरिस– मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविरामबारे अन्तिम चरणको वार्ता

तेहरान- अमेरिका र इरानबीच ४५ दिनको युद्धविरामबारे अन्तिम चरणको वार्ता

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं– गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न बौद्ध घ्याङ

इजरायलमा इरानी हमला, घरको भग्नवाशेषभित्र दुई शव भेटिए

जेरूसेलम- इजराइलको हाइफा शहरमा इरानी मिसाइल आक्रमणपछि भग्नावशेषबाट २ जनाको

कलाकार ‘बले’ प्रकरण : आरोप थियो बलात्कारको, म्याद थपियो अभद्र व्यवहारमा

काठमाडौं- अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ परेका ‘बले’ नामले चिनिने कलाकार