राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शान्ति, मानव अधिकार र परोपकारमा कार्टरको योगदान विश्वका लागि प्रेरणा बनेको उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले उनको परिवार र अमेरिकी जनताप्रति समवेदना समेत प्रकट गरेका छन् ।

अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नै घर होस्पिस केयरमा निधन भएको हो । उनकी श्रीमति रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।

आफ्नो ८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गरेका कार्टरले ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गरेका थिए । पूर्वराष्ट्रपति कार्टरले नेपालमा पहिलो पटक भएको संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल भ्रमण गरेका थिए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १२ : २२ बजे

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण

नागढुंगाबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

काठमाडौं– लामो दुरीको यात्रुवाहक बस चढेर आएका भारतीय नागरिक लागूऔषध

दक्षिणी म्यानमामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

एजेन्सी – दक्षिणी म्यानमाको मोन राज्यमा बुधबार भएको सवारी दुर्घटनामा

सभापति कप फुटबल : संकटा क्लब विजयी

काठमाडौं – राजधानीमा आजदेखि सुरु सभापति कप पुरुष फुटबल प्रतियोगितामा

भाषा विवादमा अल्झिँदै मधेश सरकार, सत्तापक्षले नै गरे संसद् अवरुद्ध

जनकपुरधाम –  स्थापनाको सात वर्षपछि प्रदेश सभामा मधेशको कामकाजी भाषाको