मेलबर्न टेस्टमा अस्ट्रेलियाले भारतलाई १८४ रनले हरायो « Khabarhub

मेलबर्न टेस्टमा अस्ट्रेलियाले भारतलाई १८४ रनले हरायो


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

मेलबर्न- मेलबर्न टेस्टमा अस्ट्रेलियाले भारतलाई १८४ रनले हराएको छ । यसका साथै अस्ट्रेलियाले बोर्डर-गावस्कर ट्रफीमा २-१ ले अग्रता बनाएको छ ।

अस्ट्रेलियाले जितका लागि भारतलाई ३४० रनको लक्ष्य दिएको थियो । तर भारतीय टोली १५५ रनमै समेटियो ।

भारतको तर्फबाट दोस्रो पारीमा सबैभन्दा धेरै रन यशस्वी जयसवालले बनाए । उनले ८४ रनको पारी खेले । उनका अलावा ऋषभ पन्तले ३० रनको पारी खेले ।

यी दुवै ब्याटरका अलावा अरु कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

अस्ट्रेलियाको तर्फबाट सर्वाधिक विकेट कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले लिएका छन् । दुवै बलरले आफ्नो नाममा ३-३ विकेट झार्न सफल भए । यिनका अलावा नाथन लायनले २ र मिचेल स्टार्क तथा ट्र्याविस हेडले एक-एक विकेट लि ।

चौथो दिनको खेल सकिँदा अस्ट्रेलियाले ९ विकेट गुमाउँदै २८८ रन बनाएको थियो । पाँचौँ दिनको सुरुवातमा अस्ट्रेलियन टिम केलब ६ रन मात्रै जोडेर २३४ को स्कोरमा अलआउट भयो । यससँगै अस्ट्रेलियाले भारतलाई ३४० रनको चुनौती दिएको थियो ।

यस खेलमा अस्ट्रेलियाले टस जिते‍र पहिले ब्याटिङको निर्णय लिएको थियो । अस्ट्रेलियाले पहिलो पारीमा ४७४ नरको ठूलो स्कोर बनायो । जसको जवाफमा भारतले पहिलो पारीमा ३६९ रन बनायो ।

पहिलो पारीमा अस्ट्रेलियाका स्टीभ स्मिथले शतकीय पारी खेले । भारतकोतर्फबाट नीतिश कुमार रेड्डीले आफ्नो करिअरको पहिलो शतक लगाए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १ : २४ बजे

कात्तिकमा ३५ हजार बढी पर्यटकले ‘एक्याप’ घुमे

गण्डकी– गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण

नवलपुरमा मतदानस्थल थप गर्न सिफारिस

नवलपुर – बर्दघाट–सुस्तापूर्वमा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको

१० बजेसम्म सिमरा घटनाका मुख्य अभियुक्त पक्राउ नगरे आन्दोलनमा जाने सुदन गुरुङको चेतावनी

काठमाडौं – जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले सिमरा घटनापछि सम्राज

प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

म्याग्दी– घनाजङ्गलको बीचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ

‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’

कर्णाली– नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योसले उच्च शिक्षा विकासमा