तेलगु स्टारको सन् २०२४ : हिट फिल्म दिने नायकको शीर्ष स्थानमा अल्लु अर्जुन, अरु को-को ? « Khabarhub

तेलगु स्टारको सन् २०२४ : हिट फिल्म दिने नायकको शीर्ष स्थानमा अल्लु अर्जुन, अरु को-को ?


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२४ को अन्तिममा दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’ प्रदर्शनमा आयो । अल्लु अर्जनु स्टारर यो फिल्म अहिले पनि हलमा प्रदर्शनरत छ ।

‘पुष्पा–२’ हलबाट गत डेसेम्बर ५ बाट प्रदर्शनमा आएको हो । अहिलेसम्म यस फिल्मले हिन्दी भाषामा मात्रै ७५३ करोड भारुको व्यापार गरेको छ । जुन आफैँमा एउटा कीर्तिमान हो ।

भारतीय सञ्चार माध्यमका अनुसार हिन्दी भाषामा ७ सय करोड क्लबमा प्रवेश गर्ने यो पहिलो फिल्म हो ।

प्रदर्शनको २५ औं दिनमा पनि यस फिल्मले १६ करोड भारुको व्यापार गरेको छ । अर्थात् अंग्रेजी नयाँ वर्षको बिदाले अझैँ यस फिल्मको व्यापारमा बढ्ने निश्चित छ ।

यो फिल्मले घरेलु बजारमै १००० करोडको आंकडा पार गरेको छ । सन् २०२४ मा यो सफलता हात पर्ने एक मात्रै भारतीय फिल्म ‘पुष्पा–२’ हो ।

अर्थात् अल्लु अर्जुनको यो वर्ष व्यवसायिक रुपले सफल भयो । उनी पछाडि व्यसायिक रुपले हिट फिल्म दिने दक्षिण भारतीय नायकको सूचीमा प्रभाष, जुनियर एनटीआर, तेजा सज्जा र महेश बाबु छन् ।

प्रभाष

प्रभाषको यो वर्षको सफल फिल्म ‘कल्ली २८९८ एडी’ हो । यस फिल्ममा दीपिक पादुकोण र अमिताभ बच्चनको समेत अभिनय रहेको छ ।

यो फिल्मले विश्व बजारबाट १००० करोडको आंकडा पार गरेको छ । विश्वबजारबाट यस फिल्मले १०२७ करोडको व्यापार गरेको थियो ।

सन् २०२४ मा यो सबैभन्दा बढी कमाइ गर्ने दोस्रो दक्षिण भारतीय फिल्म हो । अर्थात् यो वर्ष सबैभन्दा बढी कमाइ गर्ने दोस्रो फिल्मको केन्द्रीय नायक प्रभाष हुन् ।

‘कल्ली २८९८ एडी’को निर्देशक नाग अश्विन हुन् ।

जुनिअर एनटीआर

यो वर्ष सबैभन्दा बढी व्यापार गर्ने तेस्रो दक्षिण भारतीय फिल्मका नायक जुनिअर एनटीआर बनेका छन् । उनी ‘देभारा’ फिल्मका कारण यो सूचीमा परेका हुन् ।

‘देभारा’ले विश्व बजारबाट ४०० करोडको व्यापार गरेको छ । यस फिल्ममा एनटीआर सहित जान्भी कपुर र सैफ अलि खान प्रमुख भूमिकामा छन् ।

चौथोमा तेजा सज्जा, पाँचौमा महेश बाबु

तेजा सज्जाको यो वर्षको सर्वाधिक हिट फिल्म ‘हनुमान’ हो । प्रशान्त बर्माले निर्देशन गरेको यस फिल्मले विश्व बजारबाट ३०१ करोडको व्यापार गरेको थियो ।

यो फिल्मले प्रदर्शनको सुरुवाती २५ दिनमा यो आंकडा पार गरेको निर्माण पक्षको दाबी छ ।

‘हनुमान’कै कारण तेजा यो वर्ष सबैभन्दा बढी व्यापार गर्ने फिल्म दिने चौथो दक्षिण भारतीय नायक बनेका छन् ।

महेश बाबु सन् २०२४ मा सबैभन्दा बढी कमाइ गर्ने पाँचौ दक्षिण भारतीय नायक हुन् । उनी स्टारर फिल्म ‘गंटुर कारम’ विश्वबजारमा १७४ करोड भारु व्यापार गरेको थियो ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ७ : ४५ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६