तेलगु स्टारको सन् २०२४ : हिट फिल्म दिने नायकको शीर्ष स्थानमा अल्लु अर्जुन, अरु को-को ? | Khabarhub Khabarhub

तेलगु स्टारको सन् २०२४ : हिट फिल्म दिने नायकको शीर्ष स्थानमा अल्लु अर्जुन, अरु को-को ?


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२४ को अन्तिममा दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’ प्रदर्शनमा आयो । अल्लु अर्जनु स्टारर यो फिल्म अहिले पनि हलमा प्रदर्शनरत छ ।

‘पुष्पा–२’ हलबाट गत डेसेम्बर ५ बाट प्रदर्शनमा आएको हो । अहिलेसम्म यस फिल्मले हिन्दी भाषामा मात्रै ७५३ करोड भारुको व्यापार गरेको छ । जुन आफैँमा एउटा कीर्तिमान हो ।

भारतीय सञ्चार माध्यमका अनुसार हिन्दी भाषामा ७ सय करोड क्लबमा प्रवेश गर्ने यो पहिलो फिल्म हो ।

प्रदर्शनको २५ औं दिनमा पनि यस फिल्मले १६ करोड भारुको व्यापार गरेको छ । अर्थात् अंग्रेजी नयाँ वर्षको बिदाले अझैँ यस फिल्मको व्यापारमा बढ्ने निश्चित छ ।

यो फिल्मले घरेलु बजारमै १००० करोडको आंकडा पार गरेको छ । सन् २०२४ मा यो सफलता हात पर्ने एक मात्रै भारतीय फिल्म ‘पुष्पा–२’ हो ।

अर्थात् अल्लु अर्जुनको यो वर्ष व्यवसायिक रुपले सफल भयो । उनी पछाडि व्यसायिक रुपले हिट फिल्म दिने दक्षिण भारतीय नायकको सूचीमा प्रभाष, जुनियर एनटीआर, तेजा सज्जा र महेश बाबु छन् ।

प्रभाष

प्रभाषको यो वर्षको सफल फिल्म ‘कल्ली २८९८ एडी’ हो । यस फिल्ममा दीपिक पादुकोण र अमिताभ बच्चनको समेत अभिनय रहेको छ ।

यो फिल्मले विश्व बजारबाट १००० करोडको आंकडा पार गरेको छ । विश्वबजारबाट यस फिल्मले १०२७ करोडको व्यापार गरेको थियो ।

सन् २०२४ मा यो सबैभन्दा बढी कमाइ गर्ने दोस्रो दक्षिण भारतीय फिल्म हो । अर्थात् यो वर्ष सबैभन्दा बढी कमाइ गर्ने दोस्रो फिल्मको केन्द्रीय नायक प्रभाष हुन् ।

‘कल्ली २८९८ एडी’को निर्देशक नाग अश्विन हुन् ।

जुनिअर एनटीआर

यो वर्ष सबैभन्दा बढी व्यापार गर्ने तेस्रो दक्षिण भारतीय फिल्मका नायक जुनिअर एनटीआर बनेका छन् । उनी ‘देभारा’ फिल्मका कारण यो सूचीमा परेका हुन् ।

‘देभारा’ले विश्व बजारबाट ४०० करोडको व्यापार गरेको छ । यस फिल्ममा एनटीआर सहित जान्भी कपुर र सैफ अलि खान प्रमुख भूमिकामा छन् ।

चौथोमा तेजा सज्जा, पाँचौमा महेश बाबु

तेजा सज्जाको यो वर्षको सर्वाधिक हिट फिल्म ‘हनुमान’ हो । प्रशान्त बर्माले निर्देशन गरेको यस फिल्मले विश्व बजारबाट ३०१ करोडको व्यापार गरेको थियो ।

यो फिल्मले प्रदर्शनको सुरुवाती २५ दिनमा यो आंकडा पार गरेको निर्माण पक्षको दाबी छ ।

‘हनुमान’कै कारण तेजा यो वर्ष सबैभन्दा बढी व्यापार गर्ने फिल्म दिने चौथो दक्षिण भारतीय नायक बनेका छन् ।

महेश बाबु सन् २०२४ मा सबैभन्दा बढी कमाइ गर्ने पाँचौ दक्षिण भारतीय नायक हुन् । उनी स्टारर फिल्म ‘गंटुर कारम’ विश्वबजारमा १७४ करोड भारु व्यापार गरेको थियो ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ७ : ४५ बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री